– आस्था निरौला

१)
भाग्यमा लेख्नु पर्ने कुरा त्यहि दिन तय भएकै थियो
कति सुख कति दु:ख पाउने भन्ने निश्चय भएकै थियो
ऐले रोएर कराएर चिच्याएर दैवलाई दोष दिएर के गर्नु
आँसु हाँसो के दिने भन्ने कुराको निर्णय भएकै थियो ।

२)
घण्टौँ सम्म तिम्रै प्रेममा हराउँन मन छ
दुई मुटुलाई एक भएर सजाउन मन छ
एक अर्काले निश्वार्थ प्रेमिल स्पर्श गर्दै
एउटा सुन्दर संसार बसाउन मन छ ।

३)
मुसुक्क मुस्कुराउन खोज्छु आँसु झरेको बेला
संसारलाई बिर्सिन खोज्छु मन मरेको बेला
कतिञ्जेल प्रश्न गरेर हैरान गर्छस् ए जिन्दगी
उत्तर कहि कतै पाउँदिन पिर परेको बेला ।

४)

मन चोर्नेहरू अचेल कहाँ हो कहाँ फरार भए
समिपमा आउन नसक्नेहरू लाचार भए
कुराले लठ्याउदै मुटु कब्जा गर्छु भन्नेहरू
मुखले ठिक्क पार्दै मन चिथोर्नेहरू हजार भए ।

५)

यौटा दुख्ख टाल्न खोज्दा भ्वाङ्ग पर्छ अर्को
भक्कानिएको मन नसम्हाल्दै आँसु झर्छ अर्को
खुसी हुन खोज्छु पाइला पाइला चोट मेट्दै
सुरु हुन नपाउँदै क्षण भरमा नै मर्छ अर्को ।

***

प्रतिक्रिया

सम्बन्धित खवर