– टलक थापा थकित

गजल १
यहाँ हिटलरहरू पालिन्छन्
गान्धी, बुद्धहरू फालिन्छन्

पश्चिमा सुन्दरीको फोटो पुज्दै
सिता,भृकुटी अग्नीमा बालिन्छन्

पानी चुह्यो भिजे सारा दु:खीहरू
गरिबको छानो कहिले टालीन्छन् ?

तपाई जति नै ईमान्दार बन्नुस
बिरुद्धमा कुटिल चाल चालिन्छन्

गजल २
यो यथार्थ बिम्बित चित्र हो जालो नभन्नुस्
र्धर्म छोडेर सेतोलाई पनि कालो नभन्नुस्

मिलनको आखिरी दिन सम्झनाको लागि
चिनो दिएको रुमाललाई टालो नभन्नुस्

जनयुद्धमा घाईते भई बाच्नेहरू सबको
पुरानो त्यो घाउलाई आलो नभन्नुस्

मिलीजुली बाँडी चुँडी सबैले भोग गरे
यो देश लुट्ने अब मेरो पालो नभन्नुस्

***

प्रतिक्रिया

सम्बन्धित खवर