– दीपकराज बञ्जाडे
रंगमञ्चमा
उ क्रान्ति हो,
नारा लगाउँछ
महिला हिंसा अन्त्य हुनुपर्छ
छुवाछूत अन्त्य हुनुपर्छ
मानिस मानिस एकै हो
गाँस बास कपास सन्चार
आधारभूत आवश्यकता हुन्
हरकोहीले पाउनु पर्छ
स्कुलमा ऊ गुरु हो
क ख ग सिकाउँछ
१-२-३ सिकाउँछ
आजका बालबालिका
भोलीका कर्णदार
उ धर्मगुरु हो
जीवन सिकाउँछ
जीवन मृत्युु सिकाउँछ
ऊ दार्शनिक हो
दर्शन सिकाउँछ
हरेक मान्छे स्वतन्त्र छ
आफ्नै तरिकाले बाँच्नु पर्छ
दुनियाँ सोच्दछ
यस्तो महापुरूषलाई पाउने कति भाग्यमानी !
पर्धा पछाडिको कुरा
थाहा छैन कसैलाई
दुनियाँले ठानेकी
भाग्यमानी युवती
घरभित्रै अभ्यस्त छे
कुटिन, पिटिन,
भुत्लिन, चिथोरिन
टोकीन, चिमोठीन
कहिले सितन बन्छे,
देशी परदेशी कोसेलीको
कहिले एस्ट्रे बन्छे
चुरोटको ठुटोको
उ कहिल्यै स्वतन्त्र रूपले
तघारो नाघ्न सक्दिन
किनकि
लुकाउनु छ
काला – राता – नीला
महापुरूषका
छापहरू
***
प्रतिक्रिया
-
४
