– शकुन्तला धिमाल
१,
उपचारलाई अन्न बेची हस्पिटलमा आएको छु
बचाउँन जिन्दगी एकछाक  बल्ल  खाएको छु
खाली पेटमा खाने दबाइ दिनू  डाक्टर  मलाई
दर्द सहँदै, पालो कुर्दै,  बल्ल शयन पाएको छु

२,
केही स्वार्थी छ संसार, स्वार्थकै लागि नाता फेर्छन्
कतै केही गरेर  देखाऊ, साथ दिएझैँ साराले हेर्छन्
यहाँ दुनियाँ मरेर घाटमा लाँदा पनि देखिन्छ यथार्थ
उसैले नै कमाएको पैसाले सेतो कपडा किनेर बेर्छन्

३,
दुई दिन हाँसेर चार दिन रिसाउनेसँग जिन्दगी चल्दैन
मनको  भारी  जताततै बिसाउनेसँग जिन्दगी चल्दैन
परिवारमा पीडा दिएर आफ्नो मात्रै स्वार्थ परिपूर्ती गर्दै
घर बिगारेर अन्तै माया  मिसाउनेसँग जिन्दगी चल्दैन

४,
तिम्रो पहलको लागि दुनियाँ  जुटाउ
सक्छौ साथ देऊ नसके थोरै उठाउ
वास्तवमै तिमी समाजसेवा गर्छौ भने
गरिवलाई  एकरात  महलमा  सुताउ

५,
मुक्तक
औषधि भन्दै खुवाएको  जहरले सास सकियो
हिजोसम्म कहीँकतै बचेको थोरै आश सकियो
तिमीले जानी जानी लगाएको दन्केको आगोले
सानो झुपडीमा बसेको रमाइलो बास सकियो ।

प्रतिक्रिया

सम्बन्धित खवर