– प्रमुना दाहाल पौडेल

१,
प्रत्येक पल रहरै रहरको तिमीलाई देख्ने आस हुनेछ
सेतो कात्रो हरियो बास मा बेरिएको मेरो लास हुनेछ
जिउँदो रहँदा सम्म त कदर गर्न सकेनाै मेरो मायाको,
तिम्रो मुखमा अन्तिम पल्ट घिउ र भातको गास हुनेछ

२,
बरु चाहिदैन रुप चाहिदैन धन भन्थ्यो
तिमी र म दुई मुटु एक धड्कन भन्थ्यो
आज त उसैले छोडेर गएको छ खै किन,
जसले तिमीबिना चल्दैन जीवन भन्थ्यो

३,
हरेक पल तिम्रा यादमा हराउने अति बन्ने मन छ
एकनासले चलिरहने समयको गति बन्ने मन छ
हरपल मैले जस्तै मलाई तिमी  चाहान्छाै भने सानू,
साच्चै यो ज्यानलाई पनि  तिम्रै श्रीमती बन्ने मन छ

४,
आजकाल आफैसँग आफ्नै जीवन हार लाग्न थालेको छ
तिम्रा भ्रमयोग्य प्रेमखेति सबै प्रचार लाग्न थालेको छ
धनले माया किन्छु भन्दै भाषण दिदै हिडेको जब देखेँ
त्यही दिनदेखि यी नजरमा तिमी कुलङ्गार लाग्न थालेको छ


भन्थ्याै बाचुन्जेल तिमीलाई नै खुसीले घेर्न मन छ
उदाहरणीय एक प्रेमिल जोडी रमाएको हेर्न मन छ
के थाहा!आखिर छेपारोले झैँ रङ फेर्दै हिड्छाै भन्ने
जवाफ देउ न अझै तिमीलाई कति रङ फेर्न मन छ?

***

प्रतिक्रिया

सम्बन्धित खवर