– रश्मी रोदन

फर्किहाल्न्छु भनेर गएको ऊ
दिनौँ बित्यो
हप्तौँ बित्यो
महिनौँ बित्यो
सायद बित्छ होला बर्षौं पनि
कहिल्यै फर्किने सुरसार गरेन सम्झिएर
आज पनि उसैलाई पर्खिरहहेछु
सायद भोली पनि पर्खिरहनेछु
किनभने – म छोडिएको हुँ

प्रत्येक दिन ममाथि
लान्छनाहरुको जग खनिन्छ
हिंस्रकहरुले आफ्नो महल खडा गर्छन्
आवेगको आगो लगाइन्छ
स्वाभिमानको जरो खोतलिन्छ
अस्मिताको धुलो उढाइन्छ
र मैमाथि ढलान गरिन्छ
चुपचाप सहिरहन्छु
किनभने – म एक धरती हुँ

कसैले बेबि भनेर त कसैले बाबू भनेर
फरकफरक सम्बोधन
फरकफरक पात्र
फरकफरक चरित्र
फरकफरक तरवले
खेलिरहन्छन् भावनासँग
लुछिरहन्छन् शरीरका हर अङ्ग अङ्ग
र लत्पतिरहन्छन् तातो रगतसँग
शान्त छु मौन छु
किनभने – म प्रेमिका हुँ

अझै पनि
ऊ…त्यो परको बस्तीमा
मन लुटाएको छु
शिर झुकाएको छु
आँखा बिछ्याएको छु
किनभने
मेरो आशाको अन्तिम जून..
त्यही बस्ती भएर उदाउँछ !

***

प्रतिक्रिया

सम्बन्धित खवर