– बृन्दा ढुङ्गाना
१,
उथल पुथल भइरहन्छ भन्यौ सजिलै
अस्थिरताको केन्द्र पो बन्यौ सजिलै
घरि घामको घरि छायॅाको बुई चढेर
बेथितीको  खाडल नै खन्यौ सजिलै ।

२,
नपल्टाउ  टाटाहरु  सम्झनाले सताउँछ
नहटाउ  खाटाहरु  कल्पनाले अत्याउँछ
जस्तो भएनि स्वीकार्नुको छैन विकल्प
नअल्झाउ बाटाहरू तिर्सनाले तताउँछ ।

३,
आउँदैन थाहा छ किन पर्खने
कर्कलाको पानी जस्तै तर्कने
कहिले त केहि बोले हुने मीठो
बानि परेछ कि ! सधैँ नै झर्कने ।

४,
बग्ने काम हो बहिदिन्छु
जे जति गर्छौ सहिदिन्छु
गुनासो छैन व्यवहारसंग
अनन्त अविरल रहिदिन्छु

५,
हरदिन नयॅा नौलो सोच्ने प्रयास
सहज सरल बाटो रोज्ने प्रयास
दु: ख सुख सिक्काका दुईपाटा
आफैं भित्र केहि छ खोज्ने प्रयास

प्रतिक्रिया

सम्बन्धित खवर