– रमेशचन्द्र घिमिरे

हप्ता दिनमा मुस्किलले
पाइने उपहार
थाकेकालाई आराम दिन्छ
प्यारो शनिबार

बिहानभरि ओच्छ्यानमा
पर्दै लम्पसार
ढुक्कसँग सुत्न पाइने
प्यारो शनिबार

लगाउनु पर्छ अब
दुःख, चिन्ता पार
डुल्ने, घुम्ने दिन हो आज
प्यारो शनिबार

कस्तो रह्यो हप्ता हाम्रो
ल्याई समाचार
सुनाउन जुटौँ न त
प्यारो शनिबार

बारीतिर काम गरौँ
उखेलेर झार
नुहाउन जाअ‍ौँला अनि
प्यारो शनिबार

कति सुत्या ? उठ्ने होइन ?
भन्छिन् तारन्तार,
केको आँखा खुल्थ्यो आमा,
प्यारो शनिबार

रमाइलो गर्नु नै हो
जिन्दगीको सार
हाँसौँ, खेलौँ, नाचौँ, गाअ‍ौँ
प्यारो शनिबार ।।

***

प्रतिक्रिया

सम्बन्धित खवर