– प्रतिमा अधिकारी

१.मुक्तक
चोखो मेरो पिरतीलाई जालि बनायौ
यता बैनि मख्ख उता अर्कै सालि बनायौ,
एक हातले तालि के बज्थ्यो र कान्छा
तिमी आफै बसेको मन खालि बनायौ।।

२.मुक्तक
बास्ना मिठो फुलकै हुँदोेरैछ
पानी मिठो मुलकै हुँदोरैछ,
भेटिएपनि हजारौं जिवनमा
संगत मिठो कुलकै हुँदोरैछ।।

३.मुक्तक
पर्दा दुनो सोझ्याउन हात जोडि आउँछन्
स्वार्थ पूरा भएपछि बाटो मोडि जान्छन्,
कलियुगमा सबै कुरा उल्टोपाल्टो चल्दोरैछ
आमाका कसम त यहाँ पलैमा फोडि जान्छन्।

४.मुक्तक
आ-आफ्नो जीवन आफ्नै रीतले बाँच्न पाँउ
माया, सद्भाव बाँड्दै सधै प्रितले बाँच्न पाँउ,
केलाई गर्नु रीस, डाहा किन गर्नु देखासिकी
पसीनामा पौेरख फुलाई जीतले बाँच्न पाँउ।।

५.मुक्तक
संघर्षको सिंढी रैछ जिन्दगानी भन्नु
चुहिने घरको पिंढि रैछ जिन्दगानी भन्नु
थोपा थोपा प्राप्त गर्न बगाउनु छ खोला यहाँ
मिटर ब्याजको ऋृणि रैछ जिन्दगानी भन्नु।।

प्रतिक्रिया

सम्बन्धित खवर