– एस पि माथवर ‘पूर्ण’

गजल १,
यता रित्तै उता तिर खानी खानी दिए हुन्छ ।
पीडा जति मेरै भाग जानी जानी दिए हुन्छ ।।

एउटै धर्ती ओच्छ्याउला आकाश ओढौला।
भन्थ्यौ तिम्रो त्यो हातको सिरानी दिए हुन्छ।।

स्वर्ग जाने बाटो मलाई थाहा छ प्रियसि।
मर्ने बेला तिम्रो हातले पानी दिए हुन्छ ।

दैव ,रोजे जस्तै घर सोचे जस्तै वर दिनु।
अझ जीवनसाथी भाग्यमानी दिए हुन्छ ।।

माथवरलाई के छ र बाचिदिन्छ यसैनि।।
मात्र याद आउने फिर्ता निशानी दिए हुन्छ ।।

गजल २,
घरमा आमा बिरामी ,बाबालाई दम भएको छ ।
डाक्टर भन्छ, बाच्ने सम्भावना कम भएको छ ।।

परदेशमा मलाई नखाएको बिष लाग्यो आमा।
पीर चिन्ताले यतैतिर, मरम मरम भएको छ ।।

रिन लागेको बेलामा दिन लाग्यो जिन्दगीमा ।
पीडा र आशुको एकैचोटी संगम भएको छ ।।

सुख दुःखको साथी भनेको उहीँ त रहेछ यार ।
आजभोलि मलाई त मदिरा  मलम भएको छ ।।

  • तोड्न ,खान र पचाउन पनि सजिलो भएर होला ।
    हेर्नुस् है विश्वासको अर्को नाम कसम भएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर