– पदमप्रसाद भट्टराई

आज सानो ऐनाभित्र
ठूलो क्षेत्रफल अटेको देखेपछि
कोलाहल, चित्कार र रुवाईका आवाजहरू
यो खाली ठाँउमा बिलाएपछि
मैलै रित्तोलाई भरिएको देख्छु।
भित्तोलाई पहाड पाउँछु

सानो छानोभित्र
बर्षातलाई बाहिरै राखेपछि
हिलो माटो सुगन्ध
यो खडेरीमा पोखिएपछि
मैले पानीलाई जीवन देख्छु

यो सानो संसारभित्र
माया, दया र छायाँका चित्रहरू
घृणाको क्यानभासमा कोरिएपछि
मैले कालोलाई पनि उज्यालो देख्छु

आज सानो संकटभित्र
जीवनलाई निराश भोगेपछि
आशा, भरोसा र निराशाका बादलहरु
मडारिदै आकाशमा फाटेपछि
मैले क्षितिजलाई पनि छेउमै भेटछु
दिक्षितलाई शिक्षित भेटछु ।

***

प्रतिक्रिया

सम्बन्धित खवर