– लोकेन्द्र बोहोरा परिवर्तन

गजल १
दुइटै आँखा नभएको दुईटै कान नभएको ।।
कस्तो दिन दुखी रहेछ यार भगवान नभएको ।।

तेरो साथीको साथी हु भन्दै भिख माग्न आयो ,,
राम्ररी अनुहार हेरे थियोे चिनजान नभएको ।।

अरु को को हुनुहुन्छ म जस्तै दुखी आत्माहरु,,
जिन्दगी भएर पनि भएको जस्तो भान नभएको ।।

त्यो सम्बन्ध खासै मजबुत रहदैन जस्तो लाग्छ ,,
अलिकति झगडा अलिकत हानाहान नभएको ।

सरकार भन्या छ ढल्यो भन्या छ उठ्यो भन्याछ,
को होला रअचेल समाचारले हैरान नभएको ।।

गजल २,
देखाउनै नमिल्ने तस्बिर छ मनमा बसेको
यसकारण हो दुख मेरो जीवनमा बसेको

अहिले पो भेट हुदा पनि नचिनेझै गर्छ ,,,
पहिले मेरै मान्छे थियोे त्यो सदनमा बसेको

बालअधिकारका नारा पत्रिकामा छापिए
फोटो राखिएछ बालक आरनमा बसेको

कि पागल हुनुपर्छ कि धोका खाएको प्रेमी ,,
हिजो देखि हजुरको त्यो आगनमा बसेको

जो काक्रो काटे जसरी कुरा काटिरहन्छ
कसलाई मनपर्छ आफ्नै संगठनमा बसेको

प्रतिक्रिया

सम्बन्धित खवर