– बालकृष्ण “अज्ञात”

१,
समयले यहाँ सम्म घुमाउला सोँचीएन
मलाई पनि अचानो बनाउला सोँचिएन
सोँचे,ऋण तिर्छ, घरजम गर्छ, सुखसँग पाल्छ
बाकस भित्र छोरो आउला सोँचिएन

२,
तिमीलाई पाए सेवा सुविधा खुसी लाग्छ
मलाई कसैलाई केही दिदा खुसी लाग्छ
धेरै महत्वकांक्षी बनेर किन दुःखी हुन्छाै
मलाई त बाँचेको सम्झिदा खुसी लाग्छ


प्रगति एकैछिनमा हुँदैन
समय आफ्नो अधिनमा हुँदैन
अँगालो हालेर रुन जति मजा
रुँदै रुँदै सम्झिनमा हुँदैन

४,
यहाँ कस्लाई छैन र हरियो चर्ने मन
जोतिँदा जोतिँदै सकिन्छ जीवन
कि भैदियोस् चाहेको जस्तै सबैथोक
कि नछुट्टियोस् उहीँ रमाइलो बालापन

५,
यहाँ फूलले पनि त बिझाइरहेछ
किन काँडाले मात्र दोष पाईरहेछ
तिम्रा यादहरूको हत्यारा बन्ने मन छ
तर यत्ति भन्दा पनि तिम्रै याद आईरहेछ

***

प्रतिक्रिया

सम्बन्धित खवर