
– साबित्री प्याकुरेल
१,
आफू गल्ती गरेर दोषि मलाई नबनाऊ
शरिरसँग खेल्ने बाहनामा नजिक नआऊ
चोखो मायालाई धन, दौलतमा नदाँजेर,
जीवनभरि साथ दिन्छौं भने मात्र कसम खाऊ
२,
भगवानले एउटा जुराउँछ मलाई के को चिन्ता
भाग्यमा भए जति नि पाउँछ मलाई के को चिन्ता
सबै तिमी जस्तै धोकेबाज हुन्छन् र संसारमा
एउटा गए अर्को आउँछ मलाई के को चिन्ता
३,
मरिसकेको मन दुरुस्तै नपलाउन पनि सक्छ।
मायाले जीवन चलाउन नि सक्छ गलाउन पनि सक्छ
सहनशीलता, धैर्यतालाई चानचुने नसम्झिनु,
एउटै काटि सलाइले संसार जलाउन पनि सक्छ
४,
मनको घाउमा मलम लगाउन सक्छौ भने
पागलपनको समस्या भगाउन सक्छौ भने
आउ एउटा यस्तो चमत्कार गरेर देखाउ
मरेको लाशलाई फेरि जगाउन सक्छौ भने
५,
नौ महिना कोखमा राखी जन्मायौ , हुर्कायौ
तीनैका निम्ति कति हन्डर, ठक्कर खायौ
छोरा बुहारीको भयो, छोरी लगे ज्वाँइले
बुढेसकालमा बृद्धाश्रम आखिर के पायौ?
प्रतिक्रिया
-
४