– सुदन लुइटेल

१,
खुशि आउने होइन रहेछ खुशि आफैले ल्याउने रहेछ
करले हुदैन रहरले काम गरेमा सन्तुष्टि पाउने रहेछ

भाग्यमा छ भन्दैमा हात बाधेर बस्दा रित्तो हात हुनुपर्ला
कर्मनै धर्म सम्झेर परिश्रम गर्ने मेहनतिले कमाउने रहेछ

खोजेर कतै पाइदैन सुख आफ्नै मन भित्र खोज्नुपर्छ
स्वर्गिय आनन्द लिन नजान्दा सधै दुखले समाउने रहेछ

नकारात्मक भित्र पनि सकारात्मक देख्न सक्ने आशाबादिहरु
रातको अधेरिमा पनि भोलिको उज्यालो सम्झेर रमाउने रहेछ

आफ्नो अश्तित्व जोगाउन अरुको अस्तित्व पनि स्विकार्नु पर्छ
दहि आफै तातो दुधमा मिसियेरै दहि जमाउने रहेछ

२,
धेरै चाहिदैन थोरै सपनीमा ठुलो संसार अटाउन सक्छ
सुखद बिपनीको आशै आशामा जीवन कटाउन सक्छ

पाथीले पुग्छ भने भकारी खोज्दै किन हिड्ने
धेरै आशा गर्दा निराशामा मन फटाउन सक्छ

काम दाम माम अनि बस्ने ठामको ग्यारेन्टि होस
स्वदेशमै केहि गर्छ बिदेश जाने सोच हटाउन सक्छ

पसिनाको खोलो सधै बग्छ येहा मेहनति कर्मशिल युबाहरुको
देश बिकासको लागि किसान मजदुर बनायेर खटाउन सक्छ

भत्तामा होइन अब उध्योग कलकारखानामा खर्च गर्न सके युबाहरुलाइ स्वदेशमै रोजगारि दियेर बेरोजगार घटाउन सक्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर