– राजेश भट्टराई

१,
तिमीले झैँ माया चाहाने, मेरो मन छ नि
अँझै मैँले चाहेँ जस्तै नै, तिम्रो तन छ नि
त्यही भएर त नजिक हुन्छु, तिमी जस्तै
मेरो मुटुमा सधैँभरी, तिम्रै धड्कन छ नि।

२,
धैर्य गर केही दिन,आउँदैछु समय मिलाएर
मन भित्र मायाको, अनुपम तृष्णा पिलाएर
त्यसपछि त रमाउँला दुवै, मस्तले मायामा
पार्नेछु सन्तोष, मदहोस् आनन्द दिलाएर।

३,
सिर्जनशील मष्तिस्क भएकालाई, समय विताउन गार्हो हुँदैन
केही न केही भेटाइहाल्छ काम, पट्यारलाग्दो जीवनले छुँदैन
बोधो दिमाग भएकालाई हो, प्राकृतिक समय पनि बढी हुने
केही नपाए भावना कोर्छ, कलम समाती, निरश बनेर रुदैन।

४,
धेरै विषयमा हात हालियो, विज्ञ केहीमा भइएन
विज्ञ बन्छु भनि पुरै, मिहिनेतमा कहिल्यै गइएन
त्यसैको परिणाम भोग्दैछु, छेउ न टुप्पोको भएर
परिस्थितिलाई आँफु अनुकुल, कहिल्यै लइएन।

५,
पर्खी बस न प्रिय, एकदिन त, अवश्य नै आउँछु
तिम्रो मनले सम्झिरहने गरी, मिठो माया लाउँछु
थाहा छ नि त मलाई, तिमीमा बर्षौको प्यास छ
एक एक गरेर ती प्यासहरु, क्षणभरमै मेटाउँछु।

प्रतिक्रिया

सम्बन्धित खवर