– प्रचण्ड सापकोटा
१,
बिचौलिया रहेछ बिचरा उत्पादक रहेनछ्
कसैको लाज अनि कसैको धक रहेनछ्
जो “यो चोरहरुको दुनियाँ  हो”भन्दै थियो
उ आफू पनि यो दुनियाँ भन्दा फरक रहेनछ्

२,
फरक थरमा तिम्रो नाम हुनु अगाडि
म कुहिरो भित्रको घाम हुनु अगाडि
अन्तिमपटक निदाउन मन छ तिम्रो अँगालोमा
जिन्दगीको पूर्णविराम हुनु अगाडि

३,
नपाएर सुनको भारी आगो लगाइदियो
इष्टमित्र जम्मा पारी  आगो लगाइदियो
महिला हकको बारे बोल्दै हिँड्ने ससुराले
दाइजो नल्याउने बुहारी आगो लगाइदियो
४,
नराखी माग नचाहेरै परिवर्तन बसिरहन्छन
बाध्यता विवशतामा परेर झन बसिरहन्छन
सरकारले नदेखेपनि समाचारमा नलेखेपनि
गरिबहरु दिनहुँ अनसन बसिरहन्छन

५,
भन्नै पर्ने कुरा खास, भन्न नसकेर !
प्रेमले बनाउछ जिउँदो लास,भन्न नसकेर !!
दुनियाँ केबल एउटा भ्रम हो मात्रै भनिरहेँ
तिमी प्रति छैन विश्वास, भन्न नसकेर
***

प्रतिक्रिया

सम्बन्धित खवर