
– तारा के.सी
म मर्निङ वाकमा थिए। पाँच, छ पटक देखभेट भएपछि उनले भने, -“हाई!”
मैले पनि प्रत्तिउत्तरमा भनेँ, -“हाई ”
उकालाे काटेर त्यतिखेर हामी समथल बाटाेमा हिड्दै थियाैं। हरियाली वातावरण। सुन्दर पार्क हामीमाझ मुस्कुराई रहेकाे थियाे । थुप्रै मानिसहरू त्याे पार्कमा बसेर बिहानीकाे आनन्द लिइरहेका थिए। त्यहीँ हुलमा हामी पनि मिसिन आईपुग्याैं। त्याे दिन हामीले आ- आफ्नाे परिचय गरेर छुट्टियाैं। उनी कलेजका प्राफेसर रहेछन्।
भाेलिपल्ट मर्निक वाकमा त्यहीँ पार्कमा उनीसँग धेरैबेर कुराकानी भयाे। उनले प्रस्ताव राखे, -“शाेभिता जी! आज एक – एक कप चिया पिएर जाँऊ हुन्न? ”
मैले सहमति जनाएपछि हामी पार्क नजिकैका चिया पसलमा गयाै र एकछिन गफियाै । टेबुलमा बाफ उड्दै गरेकाे दुई कप चिया आइपुग्याे। मैले भने;
“मलाई यसरी फुटपाथकाे चिया पसलमा बसेर काँचकाे गिलासभरि चिया पिउन मन पर्छ।” मैले आफ्नाे रुचि बताए पछि उनले हाँस्दै भने।
” म पनि हाे शाेभिता जी! प्राय म यहाँ चिया पिउन आउँछु फुर्सद मिल्दाखेरि।”
“एक्लै आउनुहुन्छ? म्याडम नी? ”
मैले उनकाे ब्यक्तिगत जीवन जान्ने अभिलाषा राखेर साेधेकाे थिए।
उनी मेराे प्रश्नले अलि भावुक भए। ब्यर्थ साेधेछु जस्ताे लाग्याे।
” सरि! मैले साेध्न नहुने थियाे कि?”
” हाेइन, हाेइन शाेभिता जी! उनी याे संसारमा छैनन् ।एउटी छाेरीछिन् ज्वाँइसँग अमेरिकामा।”
खाटा बसिसकेकाे घाउ फेरि किन काेट्याउनु भनेर त्यसपछि मैले उनकाे बारेमा केेेेहि साेधिन कहिले पनि । त्याे दिन हामी चिया पिएर छुट्टियाैँ।
हाम्राे दिनुहुँ भेट हुन्थ्याे मर्निङ वाकमा । त्याे पार्कमा बसेर चिया पिउदै हामीले धेरै चाेटी काठमाडौं उपत्यकालाई नियाली सकेका थियाै। जीवनका आधा कथा सुन्न र भन्न भ्याई सकेका थियाै। जीवनकाे याे माेडमा समयले हामीलाई बेष्ट फ्रेण्डकाे रूपमा भेटाइदिएकाे थियाे।
बिहान हेर्दा माेबाइलमा म्यासेज आएकाे रहेछ। फागुन महिनाकाे आज बीस गते। छाेरा बुहारीले अमेरिकाबाट लेखेका रहेछन् ।
“ह्याप्पी बर्डे ममी!”
दुबैजनालाई अंगालाेमा बाँधेर थ्याङ्क्यु भन्न चहान्थे तर उनीहरू सात समुन्द्र पारी थिए। म एक्लाे थिए नेपालमा। उनीहरूलाई सम्झेर आँखा रसाए। म्यासेञ्जरमा हेरे छ घण्टा अघिदेखि उनीहरू अफलाइनमा थिए। याे निरस जिन्दगी देखेर आफैसँग बिरक्त लागेर आयाे। तन र मन दुबै भारी हुदाहुदै उठेर फ्रेस भएँ । सहयाेगी बहिनीले चिया राखिदिइन् टेबुलमा। भान्सा काेठाबाट मिठाे बास्ना आइरहेकाे थियाे।
घर नजिकैकाे काइयो फुलकाे बाेटबाट रानी चराका बच्चाहरू भुर्रर उडेर गए। हेर्दा हेर्दै अकासिदै उडान भरे। शिवपुरी डाँडा माथि माथि हुँदै बिलाए। बिहान सबेरै उज्याकाे सुचक बनेर चिर्रबिराउँथेे । निद्रा खुल्थ्याे। अब ती फेरि फर्केर आउलान् त मन खिन्न भयाे। घरकाे गेटमा निलाे कार आएर राेकियाे। आज प्राेफेसरलाई खाना खान बाेलाएकाे थिए। उनी समयमै आइपुगेछन् । सहयाेगी बहिनीले खाना तयार गरेर भनिन् ; -“म्याडम! खाना तयार भयाे ।”
“यति मिठाेे खाना आज प्रन्ध्र बर्षपछि खाएँँ। मलाई गुन्द्रुककाे अचार असाध्यै मन पर्छ। उनले घरमा प्राय बनाउथिन् मेराेे लागि। पन्ध्र बर्षपछि आज पारिवारिक झल्काे मेटिनेगरि खाना खानेे अवसर दिनुु भयाेे शाभिता जी!” उनले हृदयदेखि धन्यवाद दिदै त्यसदिन हाम्राे घरकाे खानालाई उनले खुलेरै तारिफ गरेका थिए।
सन्२०१९ डिसेम्बरकाे अन्तिम महिना । विश्वभर काेभिडले आतंक मच्चाउदै थियाे। नेपालमा पनि यसकाे असरहरू देखिन थाल्याे। घरबाट बाहिर न निस्सकने आदेस जारी गर्दै सरकारले अनिश्चित समयकाेलागि लकडाउन गर्याे। सबै आ आफ्ना घर फर्किए। काठमाडौ शून्य भयाे। घरभित्रकाे बन्धी जीवन बडाे असहज लाग्दै गयाे।
एकदिन बेलुका अचानक रूघा खाेकी लाग्न थाल्याे। जिउ गलेर आउनु। खान मन नलाग्नु। खाएकाे खानाकाे स्वाद थहाँ नपाउने हुन थालेपछि काेभिडकाे शंखा लाग्न थाल्याे। पिसियार टेष्ट गरेर फर्केपछि बेलुका माेवायलमा म्यासेज आयाे पाेजेटिप।
सहयाेगी बहिनीलाई आफुलाई काेभिड भएकाे जानकारी दिदै भने-“अब तिमी नआउनु।” उसले मानिन् ।”यस्ताे अवस्थामा एक्लै कसरी छाेडु? मरे मरूँला मर्ने जवाे जीन्दगी त हाे? ” उसले आपतमा साथ दिई ।
बेलुकाबाट ज्वराे बढ्न थाल्याे।” यस्ताे अवस्थामा पनि मैले साथ दिन सकिन। सँगै हुन सकिन।” छाेरा अमेरिकाबाट फाेनमा रून्थ्याे। उसलाई ढाडस दिन खाेज्थे तर म आफैसित टुटिसकेकाे थिएँ। पल पल मृत्युले तर्साइरहन्थ्याे।
समय बित्दै गयाे । मृत्युसित घम्साघम्सी खेलेर केहिदिन हस्पिटलकाे बसाईपछि घर फर्किए। याे अबधिमा प्राेफेसरले ठुलाे सहयाेगकाे भुमिका निभाए।आत्मावल बढाउने काम गरिरहे। मेराे आफ्नो भन्नू याे जटिल अवस्थामा प्राेफेसर बाहेक अरू थिएन। मृत्युलाई नजिकबाट महसुस गरेकि मैले उनकै सहयाेग र साथले पुनर्र जीवन पाएकाे थिए।
म आफैभित्र हराउदै थिए। ढाेका खाेलेकाे आवाजले झस्याङ्ग भए। ढाेकामा उनै प्राेफेसर उभिएका थिए। उनकाे हातमा ताजा फूलका बुके थियाे। उनले मलाई हेर्दै भने; “शिघ्र स्वास्थ लाभकाे कामना शाेभिता जी!”
मेराे आँखाकाे डिलबाट बेढंगले बगेछन्आँसुहरू मैले पत्तो पाइन्।
” कम्जाेर नबनाउनुस् आफुलाई । मैले समय काट्न भनेर केही राम्रा किताबहरू ल्याइदिएकाे छु। पढ्नु हाेला।केही फलफूलहरूछन् खानुहाेला भन्दै सहयाेगी बहिनीलाई झाेला दिएर उनी हिडे। मैले झ्यालबाट देखे मेराे गेटबाट निस्केर निलाे कार गल्लीभित्र हरायाे।
बिस्तारै ठिक हुँदै थिए। एकदिन छाेराले फाेनमा भन्याे;
” ममी! हजुरकाे चिन्ता लागिरहन्छ। हामी यता छाै। न हामी नेपाल आएर बस्न सक्छाै? न हजुर अमेरिका आएर बस्न सक्नुहुन्छ ? याे कस्ताे अवस्था सिर्जना भयाे ममु!”
हामी आमा छाेरा काँचकाे पर्दा बाहिर भित्रबाट खुब राेयाैं। निकैबेरपछि आफुलाई समाल्दै भने; “नेपाल फर्केर बस्ने वातावरण छैन। काम छैन। मेराे त जीवन यसैउसै बित्नेछ अब । तिमीले सन्तानकाे बारेमा साेच्नुपर्छ बाबु! मलाई सम्झेर रून छाेडिदेऊ।”
छाेरा बाेल्न सकिरहेकाे थिएन। बुहारीले भनी; “ममी! हजुरकाे ब्वाइ फ्रेन्ड छैन ?”
माेवायलमा म्यासेज आयाे- “शाेभिता जी! म भाेलि आउने छु। तपाईंसँग केही महत्त्वपूर्ण कुरा गर्नु छ।”
***
प्रतिक्रिया
-
४