– सफल प्रत्युश
१. गजल- जल बेचेर

जल बेचेर घरी घरी पानी बेचेर ।
तिम्रो अमुल्य प्रित किन्छु जवानी बेचेर ।।

म भिखारी प्रेमको के चुकाउला मूल्य ।
किन्छु बरु घर जलाई खरानी बेचेर ।।

जोख्यौ तराजुमा पाईनौ म बाट नाफा  ।
जसरी फाईदा किन्छु नोक्सानी बेचेर ।।

तिम्रो यादमा कयौं रात रोएर बिताएको छु ।
खुसी किन्छु आसुले भिजेको सिरानी बेचेर ।।

हर प्रयास बिफल भए तिम्रो खुसी किन्ने।
भो अब मृत्यु किन्छु जिन्दगानी बेचेर ।।

२. गजल—गजल बेच्छु अब

तिमीसगँ साटेका ती हर पल बेच्छु अब ।
लिलामीमा राखिसकेँ गजल बेच्छु अब ।।

लुकिलुकी याद मेट्न हेर्थे चन्द्रमालाई ।
घुम्टो भित्र लुकाईदियो बादल बेच्छु अब ।।

आजकाल यी यादहरु निदाउनै दिन्नन ।
भैगो बाकी सपनाका महल बेच्छु अब ।।

फर्किदैछु मेरि आमा आफ्नै गाउँ घरमा ।
खनी जोति उब्जाएर फसल बेच्छु अब ।।

छोडी तिमिले गएपछी बेचैन भएको छ ।
ढुकढुक गर्ने धडकन को हलचल बेच्छु अब ।।

***

प्रतिक्रिया

सम्बन्धित खवर