– शान्ता खवास

१) मुक्तक
सबै कुरा पुगे पनि अभाव भए जस्तो
लाग्छ मनमा केहि तनाव भए जस्तो!!
सँधै भरि त्यहि कुराले बिथोलीदा मन
हुन्छ मेरै जिन्दगीमा उत्तार चढ़ाव भए जस्तो !!

२)मुक्तक
उज्यालो दिन सकिएपछी रात कालो हुनेछ
हो हुनेछ यहाँ समयसँगै आलो पालो हुनेछ।।
मानिसलाइ एक्लै छ भनेर  हेप्ने काम नगर्नु
हिङ नभए पनि  हिङ बानेको  टालो हुनेछ ।।

३) मुक्तक
भुले छौ हिजो आपतमा लगाएको गुन तिमीले
अभावमा हुदा चलाएको एचो पैचो नुन तिमीले
जहाँ पुगे नि हाम्रो सम्बन्छ क़ायम हुने छ भन्थ्यौ
भुले छौ शरिरको नसा नसा कुद्नने  खुन तिमीले !

४) मुक्तक
दु:ख गरी काम गर्यो दाम हुन्न विदेशमा
ज्यानै बाजी थाप्छौ तर नाम हुन्न विदेशमा||
दिन भरि काम गर्यो पशिनाका धारा पोख्दै
मनको पिर व्याथा पोख्ने ठाम हुन्न विदेशमा||

५) मुक्तक
याद गर खोलाले कैले धाँउदैन् तिर्खा धाउछ
घुमी फिरि समयसंगै पालो सबैको आँउछ ।।
कम्जोर बन्नु हुन्न जस्तो सुकै परे पनि हजुर,
सागरको गहिराईमा डुबेपनि तैरिन सिकाउछ

प्रतिक्रिया

सम्बन्धित खवर