– कृष्णदत्त भट्ट

हरेक नीतिनिर्माताले
सोच्नुपर्ने विषय
आफुले प्रतिपादन गरेको
अङ्गिकार गरेको
आत्मसात गरेको
अनुशरण गरेको नीति
अनुयायीहरुको लागि गर्विलो होस्

सर्वप्रिय होस्
लोकप्रिय होस्
कसैको लागि केहि नभए पनि
कमसेकम आफ्नै निम्ति चाहिँ
लाजनीति कदापि नहोस्

हरक्षण आफ्नै साथीहरूलाई
सत्तो सराप गर्ने
मन परे घाँटीमा घाँटी जोड्ने
मन नपरे त्यै घाँटी अँठ्याउने
दुनियाँ हँसाएर
आफू रमाउने
कस्तो नीति हो हो
लाजनीति

यत्ती चाहिँ सोचेको थिएँ कि
छलकपट
धोकाधडी
घात
प्रतिघात
अवसरवाद
हुन्छ राजनीतिमा
तर त्योभन्दा पनि धेरै पर पुगेछ
गर्नेलाई भन्दा
देख्ने-सुन्नेलाई लाज लाग्ने

अब त अत्ति भयो
यो लाजनीति
खुशी हुँदा प्रशम्सा गरी नथाक्ने
रिस उठ्दा गाली गरेर भित्तामै पुर्याउने
एकै विमानका सहचालक
एउटा मात्र मतिभ्रष्ट भए
पुरै विमान दुर्घटनामा पर्न सक्छ
सारा यात्रुहरुको ज्यान जान सक्छ

आफैं पनि त के रहनु
यस्तो आफैंलाई सक्ने खेल
राजनीति हो या लाजनीति

नीति पनि
लजाउने नीति
लाजनीति ।
***

प्रतिक्रिया

सम्बन्धित खवर