– अम्बर बि.क.’अभागी’

१,
कहाँ थियो यो जिन्दगी अहिले कहाँ पुग्यो
समुन्द्री गहिराईमा जहाज झैँ लाग्छ डुब्यो
आँखाहरु रोएर थाके पनि पीडा कम भएन
कतिसाथ दियोस् आँसुले पनि अब त सुक्यो।

२,
तराईमा धानको बाला  झुलेको  बेला  आउनु
पहाडमा  लाली  गुराँस फुलेको  बेला  आउनु
आउनु स्वर्गको  आभास  हुने  छ मेरो  देशमा
औंशीको रातमा जुनकीरी डुलेको बेला आउनु।

३,
अजम्बरी माया तिम्रो कहिले मर्ने छैन भन्थ्यौ
तिमीलाई दिएको मनले घात गर्ने छैन भन्थ्यौ
तर अनायासै बद्लिन समय लगाईनौ तिमीले
त्यो दिलमा कसैको नि छाँया पर्ने छैन भन्थ्यौ।

४,
बिदेशमा हामीले रगत पसिना चुहाएको देखेनौ सरकार
बिछोडको पिडाले बुढा बाआमा रुवाएको देखेनौ सरकार
तिम्रा हरेक निर्णय जनताको लागि घातक छ भन्दाभन्दै,
युवा शक्ति देस भक्ती विदेशमा पुर्याएको देखेनौ सरकार।

५,
जाडो बढ्यो दिनरातै तिम्रो यादले सताउँछ
कठ्याङ्ग्रीएका  हातखुट्टा कसले तताउँछ
सम्झनामा कति छट्पटीदै  बित्छन रातहरु
सम्झाउनु पर्दैन होला तिम्रो मनले बताउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर