सृष्टि मल्ल

के लिएर स्वागत गरूँ,
म तिमीलाई
प्रेमलत्ता?

काँडा बिछ्याउ तिम्रो गोरेटोहरूमा ?
तिमीमा त्यो विश्वास छ,
पैतालाले दबाउन सक्छौ ।

फूल लिएर स्वागत गरौं, गुलाबहरू फिक्का हुन्छन् तिम्रो स्पर्शमा।

मधुमालती,
खै के दिउँ र तिमीलाई तिम्रो शितलताको स्वागतमा??
तिमी त आफैं हिउँका भुवाहरू जस्तै शितल छौ

कि न्यानोले स्वागत गरूँ र तिमीलाई?
फेरि डर लाग्छ, कुन न्यानो?
दन्किरहेको आगोमा
पूरै जवानी सेक्ने तिमीलाई म कुन न्यानोले स्वागत गर्न सक्छु र?

सोचेथे,
मदिराले स्वागत गरौंला तिमीलाई बरू
तर
तिमी त स्वयं एक मदिरा हौ
नपिउँदै मदहोश बनाउँछौ ।

भन
प्रेमदियो अब म तिमीलाई
के लिएर स्वागत गरूँ??

***

प्रतिक्रिया

सम्बन्धित खवर