
-कल्याण सापकोटा
मुक्तक १
आँसुले नै रुमाल धुन्छ बुझ्यौ होला नि?
मेरो यो मन किन रुन्छ बुझ्यौ होला नि?
भक्कानियौ माइती घरमा डोली उठ्दै गर्दा,
बिछोडको घाउ कस्तो हुन्छ बुझ्यौ होला नि?
मुक्तक २
देशलाई अघि बढाउन लायक बन्छ भने।
दुनियाँलाई पाठ पढाउन लायक बन्छ भने।
देशको निम्ति, म मेरो, शिर नै चढाईदिन्छु,
संसारले फूल चढाउन लायक बन्छ भने।
मुक्तक३
म आज एकाउन्न बर्ष थालेँ पचास काटेर।
जुनी बित्यो हजुरकै दाउरा घाँस काटेर।
बरु खाना नथपे हुन्छ मालिक कचौरा थप्दिनुस्,
मैँले सा,,नो छोराको भाग राख्नु छ गाँस काटेर ।
मुक्तक ४
खोक्नेले जत्ति खोके’नी आफ्नो हुँदैन
काँधमै राखेर बोके’नी आफ्नो हुँदैन
ढलान जस्तै सार्हा छन् यी शहरका मान्छे,
दिनकै टाउको ठोके’नी आफ्नो हुँदैन।
-
मुक्तक ५
जग्गामा अन्न फल्दैन र तिम्रो छोराको?
साँझ-बिहान चुल्हो बल्दैन र तिम्रो छोराको?
दाइजो नपाई मेरो छोरी लाँदै लान्नँ भन्छौ,
के हात खुट्टै चल्दैन र तिम्रो छोराको?
प्रतिक्रिया
-
४