घनश्याम चौधरी

सृष्टिको शुरूवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख १४ वर्षकोवनवास एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ त्रेता युगमा राजादशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठभनिन्छ भने चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ

विगतमा छठ पर्व कुनै एक समुदायले मनाउँदै आएपनि आजको दिनसम्म आइपुग्दा विभिन्न जातजाति, भाषाभाषीहरुले वृहत रुपमामनाउँदै आइरहेकोले छठ पर्व राष्ट्रिय पर्वको रुपमा विकास हँुदै गएको छठ पर्व नेपाल भारतका उत्तरीय क्षेत्रमा विभिन्नजातजाति तथा भाषाभाषीहरुले मनाउने एक महत्वपूर्ण पर्व हो

यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति परिवारको कल्याणको कामना गर्ने गरिन्छ नेपालमा विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक यो पर्व मनाइन्छ हाल आएर राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा यो पर्व मनाउनेगरिन्छ यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपखदूध, चामल सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमाबसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ यस पर्वमा मुस्लिमसमुदायका व्यक्तिले पनि सहभागिता जनाएर यो पर्व बिधिवत रुपले मनाउँछन् पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी षष्ठीका दिन मनाइने गरिन्छ व्रत बस्नेहरू स्नान गरेर उपवासबसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ षष्ठीका दिन नदी पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमाजलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा कसार अर्घ दिन्छन् व्रतालु भक्तजनहरू राति धेरैजसो नदी किनारमा बास बस्छन् भनेकेही घर फर्किन्छन् तर, शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीँकतै अशुद्ध नहोस् भन्नेमा व्रतालुहरु सजग हुन्छन् शुद्धभावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास रही आएको त्यसकारण मनले मात्र शुद्ध नभएर सबै थोकचोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्ने गर्दछन्

षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजा सामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठपर्व सकिन्छ प्रसाद बाँडिन्छ छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती अदुवा राखिन्छ विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ छठ माताको पूजाआजागरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ केही भक्तजन भाकल अनुसार घरबाट साँझ बिहान घस्रिदै (दण्ड प्रणाम) नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् कतिले मनोकामना पूरा भएमा नाँच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् सूर्यको प्रकाशमाभिटामिन डी प्राप्त हुने भएकाले पनि वैज्ञानिक दृष्टिकोणले यसको महत्व निकै रहेको

कात्तिक शुक्ल चतुर्दशीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल भारतका विभिन्न क्षेत्रमा मनाइन्छ अत्यन्तै श्रद्धा निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गरिन्छ यो एउटा यस्तो पर्वहो जसमा अस्ताउँदै गरेको सूर्यको साथै उदाउँदै गरेको सूर्यको पनि आराधना गर्ने गरिन्छ समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाईसबैले ढोग्छन्, सम्मान गर्छन् तर डुब्न लागेको घाम यानी गरीब तथा बेसाहारालाई कसैले हेर्दैनन् तर, यस पर्वले जुनसुकै अवस्थामापनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समान रूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथिसमान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ वर्षको दुई पटक चैत कात्तिक महिनामा धुमधामका साथमनाइने यस पर्वमा चोखो शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ विधिविधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जानेजनविश्वास रही आएको सम्पूर्ण प्राणीलाई बिना कुनै भेदभाव समान शक्ति, ताप किरण दिने समानताको प्रतिक सूर्यको यसैमहिमालाई आत्मसाथ गर्दै सूर्यको पूजा, प्रार्थना आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ

छठको पहिलो दिन (कात्तिक शुक्ल चतुर्दर्शी):

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि छठ आरम्भ हुन्छ दशैं तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ छठकोशुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन बिहानैै उठेर हात खुट्टाको नङ काट्छन् चोखो पानीलेनुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् भनिन्छ, यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन् अव जथाभावीखाँदिन तन मनले प्रभुको शरणमा बस्नेछु

छठको दोस्रो दिन (कात्तिक शुक्ल पञ्चमी)

विधिवत् रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सख्खरको खिर, लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् यस दिनमा एकछाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात् अघिल्लोदिनमा दिनभरि पानी समेत नपिई निराहार व्रत बस्नुको पूर्वाभ्यास हो

छठको तेस्रो दिन (कात्तिक शुक्ल षष्ठी)

छठको तेस्रो दिन अर्थात् छठ पर्व यसदिनमा व्रतालुहरू पानी समेत नपिई निराहार बस्दछन् साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएकासामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन्

प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउञ्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाटनिस्कन्छन् यसदिनमा रातभर भजन किर्तन नाचगान हुने गर्दछ घाटलाई बेहुली झैं सिंगारिएको हुन्छ

छठको चौथो दिन (कात्तिक शुक्ल सप्तमी)

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् बिहानीमा सूर्यको न्यानो किरणसँगैव्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् पालैपालो ठकुवा, भुसुवा, फलफुल मिठाई जस्ता प्रसादहरू अर्पण गर्दछन् त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन्

प्रतिक्रिया

सम्बन्धित खवर