धिरेन्द्र स्पन्दन 

१,
जब सुख पछि दुःखको श्रृङखला थपियो ।।
तिमी आए पछी जीवनमा हौसला थपियो ।।

मेरो आँगनमा थरीथरी फूल फुलेको देखेर ,
तिम्रो आँगनमा पनि केही गमला थपियो ।

मान्छे पनि त कुनै बेला पशु सरह नै थियो ,
अहिले पो मान्छेमा विविध कला थपियो

राजनीति संगै भष्टचार दलाली के गरेर हो
तिम्रो गाउँमा पनि सहरमा पनि तला थपियो।।

२,
यो समयको प्रयोगशालाबाट आएको खबर हो
हामीले जिन्दगी पाउनु पनि एउटा अवसर हो

फूलमाला र अबिर मुर्दाहरुले पनि लगाउछन्
जिउँदा लासहरुले खुसीमा पिउनु पर्ने जहर हो

अलि विश्वासको कमी छ तिम्रो शहरमा अहिले
तिमी पनि धोखेबाज हौ कि भन्ने मलाई डर हो

यहाँ आगो बिना पनि जलाउनेहरुको कमी छैन
मन बुझाउनुपर्छ सुखदुःख जिन्दगीको सफर हो

सपना हो कि विपना हो जस्तो लाग्छ यो दुनियाँ
यो संसारलाई कसरी हेर्ने आ-आफ्नो नजर हो

***

प्रतिक्रिया

सम्बन्धित खवर