केशर पुन मगर

१ गजल
तिमी छिनछिनमै जामा फेर्छौ गरिबको खुट्टामा चप्पल छैन।
सैतानको हातमा परेपछि देश अब नेपाल जस्तो नेपाल छैन।

चौरासी ब्यन्जनको तिम्रो टेबुल अझै कमिको महसुस भैरहदा
यता गरिबको पेट भर्न एक छाक खाने एक दाना चामल छैन।

गाउँ देखी शहर शहर देखी सिंहदरबार पुर्‍याउने त्यो भर्‍याङ
आज ऊ अस्पतालको बेडमा लडिरहदा, खाने सिटामोल छैन।

जम्बो जमात लिएर करोडौं खर्चेर देश बिदेश भ्रमण गर्छौ नेता
जनतालाइ बर्षायाम मा तिरपाल हिउँदमा डसना,कम्बल छैन।

 

२ गजल
एउटै बस चढेको,भूल्यौ होला?
सङ्गै सफर गरेको,भूल्यौ होला?

तिम्रो मेरो उस्तैउस्तै थियो यात्रा
एउटै सिट बसेको,भूल्यौ होला?

नौलो पन बिस्तारै परिचय भयो
एउटै गाउँ घरको,भूल्यौ होला?

काठमाडौं कलकिं बस रोकेर
वाइ भन्दै झरेको,भूल्यौ होला?

 

प्रतिक्रिया

सम्बन्धित खवर