-अनुष्का भट्ट

१ मुक्तक
जसरी मुटु बिना~ धड्कन चल्न सक्दैन
त्यसैगरी तेल बिना ~दियो बल्न सक्दैन
दुनियाँ पीडित बनाउने भनेकै एक मुस्कान हो,
मुस्कुराउनु होस् नमुस्कुराई शत्रु जल्न सक्दैन ।

२ मुक्तक
हुँनै सकेन सम्बन्धको जतन गुनासो गरिन
हुन थाल्यो झगडा ~ भनाभन गुनासो गरिन
जब दुई जनाको प्रेम छुटाउन सधैं जसो यहाँ
भईरहन्थ्यो तेस्रो जनाको आगमन गुनासो गरिन ।

३ मुक्तक
तपाईंले गरेको लोभ, क्रोध, ईष्र्या, रिस लाग्दैन
धेरै समयपछि डाह गर्दै दिएको आशिष लाग्दैन
म चोट पीडाले धर्य र सहनशील भएको मान्छे हु,
गर्दै नगरेको गल्ती र खादै नखाएको बीस लाग्दैन ।

४ मुक्तक
हिजो भन्दा आज झनै असल भेट्टाए
हेर्दा खाइलाग्दो ज्यान स-कुशल भेट्टाए
विडम्बना प्रगति गर्न सहर पठाएको छोरो,
बिहान सबेरै बाले रक्सी पसल भेट्टाए ।

५ मुक्तक
दु:ख सुख साट्न एउटा आधार चाहिन्छ
निर्णय गर्ने मान्छे अलि समझदार चाहिन्छ
याद राख अरुको भावना संग भिडन्त गर्नेहरु,
अब पहिला तपाईंको लागि कारागार चाहिन्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर