सुदन लुइटेल

गजल १
उज्यालो देखेर रहर गर्दा रात होला
आखा चिम्लेर भर पर्दा घात होला

होस गुम्दा धोका दिनेले कहर फिजाइ
जहर दियेर शहरमा अ्मृतको बात होला

मान्छेहरुको भिड्मा पनि तेहि मान्छे देख्ने
खोइ के पिलायो कुन्नि केको मात होला

मेरो खुट्टाको चोटै चोट देखेर खुशि हुने
बाटोभरि सिसा छर्ने उसैको हात होला

उन्मादमा फुल्दै गरेको यौबनलाइ सम्हाल्न नसक्ने
पश्चातापमा तड्पिने तेहि मान्छेको जात होला

गजल २

तिम्रो मेरो दुरि घटाउने रहर थियो
एउटै सिरानिमा हामि अटाउने रहर थियो

बिर्सियो भनेर मलाइ तिरस्कार गरि हिडेउ
तिम्रै गाउमा चप्पल फटाउने रहर थियो

भन्न मात्र नसकेको माया अझै लाग्छ
मेरै दिलको वरिपरि खटाउने रहर थियो

मलाइ जस्तो हुन्छ तिम्लाइ तेस्तै होला
सधैभरि मेरै नाम रटाउने रहर थियो

हाम्रा पनि एकदिन अबश्य आउछन होला
अब सङ्गै दिन कटाउने रहर थियो

***

प्रतिक्रिया

सम्बन्धित खवर