
✍️ ‘खलील जीब्रान
ईश्वरले संसार सृष्टि गरे…सबै थोक सृष्टि गरे। सृष्टिकै सिलसिलामा उनले चारैतिर हेरे र दुईटा कुरा थप आवश्यक महसुस गरे— ‘सौन्दर्य’ र ‘कुरुपता’। यसरी उनले अन्तमा सौन्दर्य र कुरुपता सृष्टि गरे। र, उनले सौन्दर्यलाई सुन्दर पहिरन र कुरुपतालाई नराम्रो लुगाफाटो दिएर स्वर्गबाट पृथ्वीतर्फ झारिदिए।
यात्रा लामो थियो। तिनलाई पृथ्वीमा पुग्न धेरै समय लाग्यो। उनीहरू धर्तीमा पुग्दा धुस्रोफुस्रो र लखतरान भएका थिए। अतः सर्वप्रथम उनीहरूले नुहाउने निर्णय गरे। प्रभातकाल थियो, भर्खरै सूर्योदय हुँदै थियो। तिनीहरू तलाउमा गए, लगाएको लुगा फुकालेर किनारमा राखे र दुबै जना पानीमा डुबेस ठण्डा पानीमा निकै आनन्द लिएर पौडन थाले।
सौन्दर्य तलाउको परसम्म पौडँदै गयो। जब ऊ फर्केर आयो, आश्चर्यचकित भयो। कुरुपता त्यहाँ थिएन र सौन्दर्यको लुगा पनि त्यहाँ थिएन। त्यहाँ के हुन गयो भन्ने कुरो सौन्दर्यले बुझ्यो-कुरुपताले उसको सुन्दर लुगा चोरेर भागेको थियो।
कथा समाप्त हुन्छ।
त्यसपछि अहिलेसम्म कुरुपताले सौन्दर्यको कपडा पहिरिएर लुकिरहेको छ। र, सौन्दर्यले बाध्यतावश कुरुपताको मैला लुगा लगाइरहन बाध्य भएको छ। सौन्दर्य कुरुपतालाई खोज्न भौँतारिइरहेको छ, तर अहिलेसम्म फेला पार्न सकिरहेको छैन।
प्रतिक्रिया
-
४
-
१०