
✍️ लक्ष्मी रायमाझी
अस्तित्वको आधारमा कुनै विभेद छदैंछैन अपरिहार्यताको चरम बिन्दु हुन् दुवै नारी पुरुष। यिनमा सृष्टि र जीवन दृष्टि सम्भव छ। दुख्दा दुवै रुन्छन् खुसीले दुवैलाई हंँसाउछ। खासमा दुवैको जात एउटै मानव हो। उस्तै उस्तै भएर पनि एउटा फरक महत्वपूर्ण अंङ्गको आधारमा नारी पुरुष छुट्टिएको छ र त्यही सत्यको आधारमा विधिको विधान चलेको छ, संसार टिकेको छ।
यहाँसम्म कि भावानात्मक आधारमा पनि समानता छ। स्त्री पुरूष भएकोले भन्दा पनि व्यक्ति विशेषको कारणले विचार फरक हुन सक्छ ।कर्म र कर्तव्मा विभेद गरिनु पर्ने कुनै कारण छैन।मान सम्मान दुवैलाई चाहिन्छ ।माया प्रेम त झन दुवैको साझा बाँच्ने आधार हो।यानी कि प्रेम गरिने तत्व नै एक अर्कामा आधारित छ र उसलाई ऊ र उसलाई ऊ नभै हुँदैन।
यति धेरै एकअर्कामा सद्भावनाको समन्वय हुँदाहुँदै विभेद कहाँबाट जन्मियो र आज आपसमा फाटो ल्याउदै छ यो सोचनीय विषय हो ।
हुन सक्छ मोहकै आधारमा भोग विलासको क्रममा पुरुष मनोवृत्तिले नारीत्वमाथि कब्जा गर्यो,सधैं भोगिरहन बलियो हुन नीति शास्त्र बनायो । उसैको आधारमा अनेकौं शास्त्र थपिए।झन झन यस्तै दवाब बढ्न थाल्यो।र त्यही आधारमा पुरुष मनस्थिति पुरातन सोच ग्रस्त हुँदै गयो नारी उसैमा पिल्सिएर यो लडाइँ चर्कि रह्यो।
मलाई लाग्छ पुरातन सोचमा अलिकति लचकता ल्याउने हो भने र समान अस्तित्वमाथि स्व विवेक प्रयोग गर्नै हो भने यो लडाइँ तुरुन्तै बिस्थापित हुन्छ र मानव मात्रको उत्थान हुन्छ ।र नारी पुरुषको द्वन्द्व अवसान हुन्छ आजको युगमा यो नितान्त आवश्यक छ।
प्रतिक्रिया
-
४
-
१०