वकिल परियार
१)
पुगियो सोर सत्र देखेको छैन्
कस्तो छ प्रेम पत्र देखेको छैन्
सपना पनि पुरा हुदो रहेछ हो
गरी हाल्थे पुरा नत्र देखेको छैन्

२)
मैले प्रयास गरेर हार खाए ठिकैछ
यसरी जिबन तनाबमा बिताए ठिकैछ
माफ गरिदेऊ प्रिया तिमि कसम यार
उ बेला तिम्रो जिवन मा आए ठिकैछ
३)
यहाँ गर्छन भाषण ठुला ठुला सोर निकालेर
राम्रो काम गरे भन्छन जेलबाट चोर निकालेर
भ्रष्टाचारीले जताततै हात हाले पछि यार
ठिक्कै पार्छन खाएको सबै जोर निकालेर

४)
जीवन यस्तो छ बन्दुक को नाल जस्तो
बन्ने हो कि कहिले काँही पराल जस्तो
नदि जस्तै बगी रहने यो जिबन चक्र हाम्रो
बन्नु पर्ने हो खास जिन्दगी हिमाल जस्तो

५)
गर्नु छ समस्या को हल दुर बाट
कहिल्यै काहिँ गरन कल दुर वाट
सङ्घर्ष गर्दा गर्दै थाकि सकेको छु
अब हुनु छ कसम सफल दुर बाट
***

प्रतिक्रिया

सम्बन्धित खवर