विनेश राई ‘मिन्जाई‘

१,
यो आँखाले त्यो आँखालाई खै के बताएछ
मुस्कान छ ओठमा उसको परेली लजाएछ

जूनेली रातको मनमोहक जून जस्तै सौंन्दर्य
लौन ! यो आँखालाई थाहै नपाई लोभ्याएछ

चिट्ठीमा ‘प्रिय मान्छे’ भनि लेखिन् सम्बोधन
सायद यो औंसीको रात जूनले मन पराएछ

किनारामा उभिएर गम खाइदिन्छ भावना
ती उर्लेका छालले कतै सोचिरहने बनाएछ

अहो ! लोलाएका त्यो आँखामा गुलाफी रंग
कुन्नि यो दिलमा त अजर प्यार पो बसाएछ

२,
जिन्दगी मुर्दाजस्तो जिएको हूँ
बेरोजगारी भएरै परदेशिएको हूँ

जसलाई सुखले पनि रुचाएन
हरमान्छे भित्र म नदेखिएको हूँ

साथी के ढाटौं र यहाँ कसैलाई
सित्तैमा त जिन्दगी नै दिएको हूँ

वर्षौंदेखि यहीँ भट्टी बनाएँ अड्डा
भुलिजानेलाई भुल्न पिएको हूँ

के रिसाउछौं र अब कर खपेर
समय जस्तै थोरै बद्लिएको हूँ

***

प्रतिक्रिया

सम्बन्धित खवर