
– माधव सयपत्री
‘हेल्लो साथी ! आजको ड्यूटी कता छ यार ?’
‘आज नयाँ खुलेको पार्टीको सभामा झण्डा बोक्न जानुछ ।’
‘कति दिन्छ झण्डा बोकेको ?’
‘पाँच सयदेखि हजार ।’
‘हैन यार । जाबो पाँच सयमा के काम गर्छौ । एउटा क्याम्पसमा ताला लगाउनु छ । आवश्यक परे पुलिससँग भिड्न पनि पर्छ । पन्ध्र सय छ ज्याला । जान्छौ ?’
‘पुलिसले टाउको बजार्यो भने नि ! विद्यार्थी युनियनले उपचार गर्दिन्छ । किन फिक्री मान्छौ । आऊ मसँग ।’
‘हैन यार । झण्डा बोक्नै सजिलो छ । कुनै जोखिम छैन । आऊ तिमी पनि यतै ।’
‘हुन्न यार । जोखिम नभए कहाँ कमाइ हुन्छ । जोखिम मोलेरै कमाइ हुने हो ।’
दुई जनाको फोन संवाद बन्द भयो । अर्कोले फोन गर्यो, ‘हेल्लो माइकल, के छ यार ! अचेल कमाइधमाइ नभएर खडेरी नै पर्यो यार । कतै काम मिला न ।’
‘आइज न साथी । मसँग लाग्दा कामको के खाँचो ? आज एउटा विद्यार्थी युनियनको क्याम्पसमा ताला लगाउने काम छ । त्यसपछि सडक बन्द गर्नु छ । तालाको र सडकको छुट्टै पैसा आउँछ । आइज ।’
माइकलले फोन राख्यो । अर्को फोन आयो, ‘हेल्लो माइकल, के छ मेलो आज ?’
‘खास केही छैन । एक दुइटा काम छन् । तँ आउँछस् भने आइज । तैँले नभ्याए केटाहरू पठाइदे है ।’
‘आज मेरोतिर आइज न त । बिचौलियाले भाउ दिएन भने पूर्वतिरका किसानले सोझै काठमाडौँ तरकारी र दुध ल्याएर बेच्ने रे । त्यो तरकारी बिचमै रोक्नु छ । रोकेपछि बिचौलियाले राम्रै पैसा दिन्छ । बेल्कातिर एउटा अस्पतालको डाक्टर पिट्नु छ । एउटा हेडमास्टरलाई कालो मोसो दल्नु छ । आज काम साध्ये छैन यार ।’
‘तँ आउँदैस् भने पनि केटाहरू पठाइदे है ! मेरो आजको काम अलि जोखिम छ ।’
++++
उसले आफ्नो नाम माणिकलालबाट ‘माइकल’ बनायो । आज्ञापालक, हुल्लडवाज केटाहरूको बलियो एउटा दस्ता खडा गर्यो । कान छेडेर नक्कली टप लगायो । कपाल रङ्ग्याएर खैरो, रातो, सेतो गरी टाटेपाटे बनायो । सद्दे पाइन्ट काटेर ठाउँठाउँमा प्वाल पार्यो । दल र तिनका भातृभगिनी सङ्गठन वा अन्य कुनै समूहले गर्ने बन्द, चक्काजाम जस्ता विरोधका कार्यक्रममा माइकलको समूह भाडामा सडकमा उत्रिन्थ्यो । शक्ति नपुगे अर्को समूहबाट पर्म लिन्थ्यो । अर्को समूहलाई पर्दा पर्म तिथ्र्यो ।
माइकल उपद्रो मच्चाउँथ्यो । बेलुका बन्द आयोजकसँग पैसा लिन्थ्यो । दस्तासँगै भट्टीमा जान्थ्यो । जाँडपानीले मज्जाले नुहाउँथ्यो । हुलहुज्जत गथ्र्यो । आधारातमा डेरा फर्किन्थ्यो । ढोकामा बेस्सरी लात बजाथ्र्यो । ईंट्टा भट्टामा दिनभरि काम गर्दा बाआमा थाकेर सुतिसकेका हुन्थे ।
दिनभरिको कुदाकुदले माइकल थाकेर लोथ भएको हुन्थ्यो । आमाले दराजमा राखिदिएको भात दन्काउँथ्यो । अनि ओछ्यानमा पल्टिन्थ्यो । थाकेको हुनाले ऊ छिट्टै निदाउँथ्यो ।
एकरात मस्त निद्रामा थियो माइकल । उसले आफू मरेको, यमदूतले घिसार्दै यमलोकको नेपालच्याप्टरमा लगेको र त्यहाँ पाएको यातना सबै सपनामा देख्यो ।
चित्रगुप्त हातमा बहीखाता बोेकेर यमराजको कार्यकक्षमा महाराजसामु उभिएको थियो । यमराजले घोप्टे जुँगा मुसार्दै चित्रगुप्तपट्टि फर्केर भन्यो, ‘चित्रगुप्त, तिम्रो हातको बहिखाता मलाई देऊ त । म एकचोटि राम्ररी हेर्छु । यमलोक भरिइसक्यो त ।’
चित्रगुप्तले नतमस्तक हुँदै भन्यो, ‘प्रभु, यसको काम सकिएकै छैन । म फाइल केलाउँदै छु । रुजु गरेपछि टिप्पणी उठाएर महाराजको हजुरमा टत्र्mयाउन ल्याइहाल्छु । चित्रगुप्त छउन्जेल ड्युटीमा तलबितल हुँदैन सरकार !’
चित्रगुप्त जीहजुरी टत्र्mयाएर टकटक जुत्ता बजाउँदै कर्मचारी कक्षमा पस्यो । कर्मचारी काममा तल्लीन थिए । चित्रगुप्तले अलि बढी नै खोक्यो, ‘तिमीहरूको काम गराइप्रति महाराज सन्तुष्ट होइबक्सिन्न । सुनेको छु, पृथ्वीमण्डलको उत्तरी गोलार्धको नेपाल देशका कर्मचारीको जस्तो अराजकता बढदैछ छ रे यहाँ । तातो तेलमा पर्परी भुटिनुपर्ला । ‘यमलोक कर्मचारी युनियन’ बन्दै छ रे ! साँचो हो ?’
कर्मचारीहरू मुखामुख गर्न लागे । ‘एक्काईसौँ शताब्दीमा पनि कर्मचारीले सङ्गठन गर्न नपाउनु ? कतिसम्मको निरङ्कुशता हो यो !’ मनमा उठेको विद्रोहीभावलाई शमन गरे कर्मचारीले ।
चित्रगुप्त पुनः बोल्यो, ‘महाराजबाट फाइल रुजु हुने भएको छ । पृथ्वीमण्डलमा उपद्रो मच्चाई अकालै ज्यान फालेर यता आएकाहरूलाई विशेष निगरानी गर्नू भन्ने हुकुम छ । अझ नेपालमण्डलबाट आएकाहरू बदमास हुन्छन् । चाहिने नचाहिने काम गर्यो, मर्यो । कुदेर यमलोक आयो । महाराज निकै सशङ्कित होइबकसेको छ ।’
एकजना कर्मचारीले आँट गरेर बोल्यो, ‘मन्त्रीज्यू, हामीले त त्यस्तो अनियमित केही गरेका छैनौँ । तलबाट आएकाको त के जानौँ । हामी हाम्रो दायित्वप्रति सचेत छौँ ।’
‘मत्र्यलोकबाट आएकाको ठिकसाँचो रिपोर्ट मलाई दिनु पर्दैन ?’ चित्रगुप्तले कर्मचारीको सातो लियो ।
अर्को कर्मचारी फाइलको पाना पल्टाउँदै बोल्यो, ‘जो हुकुम मन्त्रीज्यू । तर हजुर, अहिलेको तलबमानले हाम्रो परिवारको गुजारा चल्दैन । हाम्रो गुनासो सुन्ने हजुरबाहेक अरू को छ र ! हिमालजस्तो कञ्चन र अग्लो मन भएका हे मन्त्री महोदय, हाम्रो दुखेसो उपल्लो तहमा पुगोस् ।’
चित्रगुप्त फेरि कड्कियो, ‘परिवार पाल्न धौधौ परेको भए नेपाल देशमा आन्दोलन, चक्काजाम, हड्ताल गर्न पठाइदिऊँ त ! त्यहाँ त भाडामा आन्दोलन गरी पेट भर्न पाइन्छ रे !’
अर्को कर्मचारीले ज्यानभरिको साहस बटुलेर बोल्यो, ‘कर्मचारीको परिवार छुट्याउने कुरा राम्रो भएन मन्त्रीज्यू ! हाम्रो परिवारको बिचल्ली भैहाल्छ नि हजुर ! हामी यमलोक छाडेर मत्र्यलोक जाँदैनौँ ।’
त्यो कर्मचारीको मनसाय बुझेर चित्रगुप्त टक्टकिएर बोल्यो, ‘तिमीहरू अलि बढी नै भएका छौ । नुनको सोझो गरे त भैहाल्यो । छिटो फाइल अघि बढाऊ । टिप्पणी उठाएर महाराजका हजुरमा जाहेर गर्नुछ । महाराज रिसाउनुभयो भने राम्रो हुँदैन । जागिर उड्ला तिमीहरूको । दरबारमा कर्मचारीलाई सुविधा बढाउने कुरा भैरहेको छ । पूरानो तरिकाले विवरण राख्दा हराउने र भनेको बेलामा नभेटिने भएकोले सबै कर्मचारीको टेबुलमा एकएकवटा इन्टरनेटसहित कम्प्युटर राख्न टेन्डर भैसकेको छ । कर्मचारीलाई कम्प्युटर तालिममा पठाउने निर्णय भएको छ ।’
कर्मचारीले मत्र्यलोकबाट आएका नयाँ मानिसहरूको टिप्पणी उठाएर चित्रगुप्तको हातमा थमाइदिए । चित्रगुप्तले निरीक्षण गर्यो र कुदायो यमराजको कार्यकक्षतिर । यमराज ५५५ चुरोटको उडाइरहेको थियो । कार्यकक्ष धुँवामय भएको थियो । चित्रगुप्त धुम्रपान गर्दैनथ्यो । धुँवाले असर गरेपनि महाराजसामु केही भन्न सकेन । अदबसाथ निहुरिरह्यो ।
यमराज बहिखाता समातेर केलाउन थाल्यो । लेखाइ र विवरण रखाइमा थुपै्र त्रुटि देखेपछि कडा स्वरमा बोल्यो, ‘चित्रगुप्त, तिमी आजकल आफ्नो कामप्रति त्यति इमान्दार छैनौ । मन्त्री फेर्नु नपरोस् भन्ने मेरो चाहना हो । तिमीले त्यो अवस्था आउन दिने छैनौ । सुन, धेरै मानिसहरू असमयमै नेपाल देश छाडेर यहाँ आएका देखिन्छन् । यी यी मानिसहरूको यहाँ आउने बेला भएकै छैन । यिनले नेपाल देशमा केके उपद्रो गरेर यहाँ आएका हुन्, याद गरेका छौ ? जाऊ, तिनीहरूलाई यहाँ बोलाऊ ।’
चित्रगुप्त आदेश तामेली गर्न यमलोक अन्तर्गत नेपालच्याप्टरतिर कुद्यो । त्यहाँ हल्लाखल्ला भैरहेको थियो । चित्रगुप्तलाई देखेर नेपालच्याप्टरका मानिस सतर्क बने । चित्रगुप्तले आँखा घुमाएर तिनको अनुहार हेर्यो ।
‘उमेरै नपुगी यमलोकमा थुप्रिने हो भने यमलोकको नेपाल च्याप्टर छिट्टै भरिनेछ । काल पुगेर आएकालाई कहाँ राख्ने ?’ आफैँसँग प्रश्न गर्यो चित्रगुप्तले ।
ऊ बोल्यो, ‘नेपाल च्याप्टरबाट आएका सबैलाई महाराजसामु हाजिर गराउने आदेश छ ।’
एउटा नेपाली बोल्यो, ‘हामीलाई आफ्नै देशमा आयु छउन्जेल बस्न मन थियो तर तपाईंका दूतले जबर्जस्ती तानेर ल्याएका हुन् महोदय ! आदेश पाए हामी फर्किहाल्थ्यौँ ।’
चित्रगुप्त गर्जियो, ‘मेरो आदेशले मात्र तिमीहरू छुट्न सत्तैmनौ । हाम्रो संविधानअनुसार अन्तिम निर्णय लिने अधिकार महाराज यमराजमा मात्र छ । महाराजका जुनाफमा कुरा राख्नू । न्यायालयका सबै न्यायाधीशले आप्mनो राय दिएपछि महाराजको एकल इजलासबाट छाड्ने वा राख्ने निर्णय हुन्छ ।’
चित्रगुप्तले नेपाल मण्डलबाट असमयमै आएका मानिसको लर्को यमराजकोमा पुर्यायो । यमराज चुरोटको सर्को र ब्रान्डीको चुस्की लिँदै बोल्यो, ‘ल्यायौ चित्रगुप्त, यी हुल्लडवाजहरूलाई ? नेपालमण्डलका मूर्ख मनुवाहरू हो ! तिमीहरूले जघन्य अपराध गरेका छौ । त्यही कसुरका आधारमा हाम्रा दूतले तिमीहरूलाई यहाँ ल्याएका हुन् । तिमीहरू जान्छौ कि यहीँ बस्छौ ?’
एउटाले बिन्ती चढायो, ‘महाराज ! हामीलाई आफ्नै देश प्यारो छ । कृपा भए हामी आफ्नै देश फर्कन्छौँ । महाराज ! यसमा पुनर्विचार होस् । भर्खर बिहे गरेका नवयौवना प्रियसीबाट हामीलाई छुटाएर यहाँ ल्याइएको छ । हाम्रा नववधुसँग हामीले पे्रम साट्न पाएका छैनौँ । प्रियसीको अनुहार आँखामा झल्झली आइरहन्छ । उनीहरू झन् विछोडमा कति तड्पिएका होलान् ! मनमा चैन छैन प्रभु ! प्रेम गर्नबाट हामीलाई बन्चित नगरियोस् । आफ्नै देशमा सुधोपीठो खाई परिवारसँग रमाएर बस्ने धोको पूरा भएको छैन । त्यसैले हामी फर्कन्छाँै महाराज ।’
यमराजले अट्टहास छाड्यो, ‘हा हा हा ।’
अट्टहासले पूरै कक्ष थर्कियो । यमराज बोल्यो, ‘तिमीहरू नेपाल फर्कने ? बताओ त आफ्ना करतुत ! चित्त बुझे पठाइदिन्छु ।’
विनीतभावमा अर्को नेपाली बोल्यो, ‘महाराज ! हामीले केही कसुर गरेका छैनौँ । हामीलाई भाडामा प्रयोग गरिएको हो । पिछलग्गु बनाइएको हो ।’
यमराज कुर्लियो, ‘आफ्नै विवेक भएका मानिसहरू भाडामा प्रयोग हुँदैनन् । तिमीहरू विवेकहीन रहेछौ । यस्ता विवेकहीनलाई जान त्यति सजिलो छैन । त्यहाँ गएर फेरि अराजक काम गर्ने त हौ नि ।’
अर्कोले डराई डराई भन्यो, ‘अब हामी विवेक गुमाउँदैनौँ महाराज । अर्कालाई दुःख दिँदैनौँ । आपैmँ उद्यम गरेर खान्छौँ ।’
यमराजले बहीखाता देखाउँदै भन्यो, ‘ईः हेर, हाम्रो बहिखाताको रेकर्डले तिमीहरूको जघन्य अपराध बताइसकेको छ । बेला कुबेला सडक बन्द गर्ने तिमीहरू नै हैनौ ? बन्दका कारणले ज्यान गुमाएकाहरू सबै यहीँ आएका छन् । ज्ञानको ज्योति दिने क्याम्पसमा किन ताला लगाएको ? पुस्तकालय किन जलाएको ? अस्पतालको डाक्टर किन कुटेको ? किसानको तरकारी किन रोकेको ? अरू पनि प्रमाण चाहिन्छ ? प्रमाण आपैmँ बोल्छ मनुवा हो !’
फेरि अर्कोले बिन्ती चढायो, ‘हाम्रो कुनै कसुर छैन महाराज ! हामीलाई प्रयोग गरिएको हो । अब पिछलग्गु बन्दैनौँ । हामी ससम्मान स्वदेश फर्कन चाहन्छौँ । हामी आप्mनै माटोलाई माया गरेर बस्छौँ ।’
यमराज कुर्लियो, ‘अपराधीलाई ससम्मान फिर्ती ! कस्तो गज्जबको प्रस्ताव ! तिमीहरूको कारणले कति मान्छेले दुःख पाएका छन् । सुत्केरी व्यथा लागेका महिलालाई अस्पताल लैजान कुदिराखेको एम्बुलेन्समा आगो लगाएका हो कि हैन ? धेरै महिलाको ज्यान गएको छ । पेटको बच्चा मरेको छ । सडक बन्द गर्दा श्रमिकहरूले हप्तौँसम्म भोकै बस्नुपरेको छ । किसानको तरकारी कुहाएका छौ । काठमाडौँमा अत्यावश्यक वस्तुहरूको हाहाकार पार्ने तिमीहरू नै हैनौ ? अँ, माटोको माया लाग्छ रे ! यसरी माटोको माया गरिन्छ ? देश भनेको भावना पनि हो, मनुवा ! भावनामा चोट पार्नु ठूलो अपराध हो । तिमीहरूका कसुर सबै मेरा हजुरमा आइसकेका छन् । तिमीहरूले गरेका मानवअधिकार उल्लङ्घनका करतुतलाई केलाएर कसुरबमोजिम सजाय दिएपछि मात्र छाड्ने छु । थाह छैन ? सडक चलेन भने देश चल्दैन । देश बन्द गर्दै माटोको मायाको नौटङ्की गर्ने ! एक–एक विवरण दुरुस्त छ मनुवा हो । राज्यलाई दवाब दिने अरू विकल्प थिएनन् ?’
चित्रगुप्तपट्टि फर्केर यमराज फेरि बोल्यो, ‘संविधाननुसार यिनीहरूलाई कारवाही गरेर मात्र छाडिने छ । ए, चित्रगुप्त ! यिनीहरूलाई एकपटक तेल उम्लिरहेको कराहीमा डुबाएर नेपालच्याप्टरमा लगी छाडिदेऊ ।’
यमराजले फेरि लामो हाँसो छाड्यो । चित्रगुप्त नेपालमण्डलका अभियुक्तहरूलाई लिएर यातना गृहतिर लाग्यो ।
+++
यमलोकको यातनागृहको चीत्कार र करुण क्रन्दन सुनेर माइकल ब्युँझियो । उसको मुटुको धड्कन बढेको थियो । अब उसलाई माइकल रहिरहन मन लागेन । ‘माइकल’ देखि घृणा लाग्यो । ‘माणिकलाल’ प्रति मोह जाग्यो । बिरामी र किसानको माया लाग्यो । मजदुर र माटाको माया लाग्यो । क्याम्पस र पुस्तकालयको माया लाग्यो । उसले कसैसँग मतलब राखेन ।
कसैलाई सोधेन । तत्काल उसले आफूलाई ‘माणिकलाल’ घोषणा गर्यो । कानको टप फुकाल्यो । सद्दे पाइन्ट लगायो । अब कसैको पिछलग्गु नबन्ने प्रण गर्यो । बाआमालाई ढोग्यो र बिहानै काम खोज्न हिँड्यो ।
***
प्रतिक्रिया
-
४