दिवाकार शर्मा

(१)
गन्हाउने बस्तु देखेझैँ  मुख् छोपछ्यौ तिमी
बचन मैं गोलि चलाउछ्यौ भाला रोपछ्यौ  तिमी
हिजोसम्म आँखामा राखे पनि नबिझाउने मान्छे
आज किन मनमा खोप्छ्यौ मुटुमा खोप्छ्यौ तिमी

(२)
दिनहुँ कहिले तल माथि कहिले वारिपारि गर्नुहुन्छ
बुनेका योजना देखेका सपना, सबै मारि मारि गर्नुहुन्छ
बिचारा! जनता सिटामोलको भिक मागिरहेका छन् गाउँघरमा
जनताकै पसिनाको पजेरोमा, साहेब काहाँको सवारी गर्नुहुन्छ

(३)
दुईछाक खाना एकसरो लगाउन अनेकौ खेल गर्छ मान्छे
पापै पाप बोकेर मनमा जालझेल किन गर्छ मान्छे।
अन्तिममा काठ दुई हात जमिन मात्रै चाहिन्छ सबैलाई
आखिर मनमुटाव तछाडमछाड बाचुन्जेल किन गर्छ मान्छे

(४)
धेरै जमात भयो भने निकै सान्दर्भिक छलफल हुन्छ
गर्न अनि हुन नसकेका ठूलठूला समस्याको हल हुन्छ
केही हुन सक्दैन एक्लै त खानु र सुत्नु बाहेक
एकता गरौँ एकता मै सबैभन्दा ठूलो बल हुन्छ

(५)
समर्थन कि बहिष्कार गर्ने चुन्नु पर्छ
कि त चुडाल्नु पर्छ कि त बुन्नु पर्छ
कति तिम्रो मात्रै दुःख पिडा सुन्नु पर्ने मैले
अब म सुनाउँछु सुन तिमी, तिमीले सुन्नु पर्छ।।

***

प्रतिक्रिया

सम्बन्धित खवर