
मूल लेखक – अज्ञात
अनुवाद – टीकाराम रेग्मी
‘जव म त्यो रात घर पुगें, मेरी श्रीमतीले खाना पस्कने बित्तिकै मैले उनको हात समातेर भनें, ‘मैले तिमीलाई केही भन्नु छ ।’ उनी चुपचाप बसेर खाइन मात्र । फेरि मैले उनका आँखामा दुःख देखें ।
अकस्मात मलाई कसरी फेरि मुख खोलूँजस्तो भयो तर मैले सोचिरहेको कुरा उनलाई भन्नै पथ्र्यो । ‘म सम्बन्ध बिच्छेद चाहन्छु ।’ मैले बिषयलाई बिस्तारै बढाएँ । मेरा शब्दले उनी दुःखी देखिइनन् बरू उनले नम्रतापूर्बक सोधिन्, ‘किन ?’
मैैले उनको पश्नलाई टार्न खोजें । यसले उनलाई रिसाउने बनायो । उनले काँटा हु¥र्याइन र मलाई गाली गरिन्, ‘तिमी मान्छे होइनौ ।’ त्यो रात हामी बोलेनौं । तिनी रुँदैथिइन् । मलाई थाहा थियो तिनी खोदल्दै थिइन् – हाम्रो बैवाहिक जीवनमा के भएको थियो । तर मैले उनलाई सन्तोषजनक जवाफ दिन मुस्किलले सक्थें । मेरो मुटु जेनलाई दिएकोले उनले गुमाएकी थिइन् । मैले उनलाई दयाबाहेक पटक्कै माया गर्दैनथें ।
गहिरो दुःखको भावना सहित मैले त्यागपत्रको खेस्रा तयार गरेँ जसमा मैले यो पनि उल्लेख गरेँ – उनले हाम्रो घर, कार र हाम्रो कम्पनीको ३० प्रतिशत शेयर पनि पाउनेछिन् । उनले यसलाई घृणाले हेरिन र टुक्राटुक्रा पारेर च्यातिदिइन् । मसँग आफ्ना दश बर्ष बिताएकी महिला अपरिचितजस्तै भएकी थिइन् । मैले उनको समय, स्रोत र शक्तिको दुरुपयोगको लागि दुःख माने तर म आफ्नो बोलीबाट पछि फर्कन सक्दैनथेँ किनकि मैले जेनलाई आत्मैदेखि माया गर्थेँ । अन्त्यमा उनी मेरो अगाडि बेस्मारी रोइन् यो त्यही थियो जुन मैले देख्न चाहेको थिएँ । उनको त्यो रुवाइ मेरो निम्ति एक खालको मुक्ति थियो । त्यो छोडपत्रको बिचार, जसले मलाई हप्तौंदेखि एकखालको पिडा दिएको थियो, अहिले झन दह्रो र स्पष्ट भयो ।
अर्को दिन, म घर धेरै अबेला आउँदा उनले टेबलमा बसेर केही लेखिरहेको देखेँ । मैले केही नखाई सोझै बिस्तरामा गएर सुतेँ र छिटै निदाएँ पनि किनकि म जेनसँगको उत्तेजक दिनले थाकेको थिएँ । जव म ब्युझिएँ, उनी अझै पनि टेबलमा लेख्दै थिइन् । मैले खासै चासो दिइन । म फनक्क फर्केँ र फेरि निदाएँ ।
बिहान, उनले आफ्नो छोडपत्रका शर्तहरू प्रस्तुत गरिन् – उनले मसँग केही पनि चाहँन्नथिन्, तर छोडपत्र पहिले एक महिनाको पूर्ब सूचनाको याचना थियो । उनले अनुरोध गरेकिथिइन् कि त्यो एकमहिनामा हामी दुबै यथासम्भव सामान्य जीवनमाझैँ नै सँगै बस्न सङ्घर्ष गर्नु पर्ने थियो । उनका आकाँक्षाहरू सामान्य थिएः तिनीहरूको छोरोको परीक्षा त्यही महिनामा थियो र उनले हाम्रो बैवाहिका बिग्रहको कारणले छोरोलाई बाधा पु¥याउन चाहन्नथिन् ।
यो त मलाई स्वीकार्य नै थियो तर उनको केही बढी नै आग्रह थियो । उनको अनुरोध थियो मैले सम्झनु पर्ने थियो – हाम्रो बिबाहको दिन मैले कसरी उनलाई सुहाग रातको कोठामा लगेको थिएँ अनि उनले अनुरोध गरेकी थिइन् त्यो महिनाभरि मैले उनलाई हरेक बिहान त्यसैगरी हाम्रो सुत्ने कोठाबाट बाहिर निकाल्नु पथ्र्यो । मैले सोचेँ उनी त पागलै भइछन् । जीवनका अन्तिम दिनहरूलाई सँगै बस्न सहज बनाउन मैले उनको अमिल्दो आग्रहलाई स्वीकार गरेँ ।
मैैले मेरी पत्नीसँगको पारपाचुकेको शर्तहरूको बारेमा जेनलाई सुनाएँ । यो सुनेर उनी चर्को आवाजमा हाँसिन् र यसलाई हावादारी सोचिन् । ‘उसले पारपाचुके त गर्नैछ’ उनले तिरस्कार गर्दैै भनिन् ।
मैले छोडपत्रको बिचार खूलारूपले ब्यक्त गरेपछि श्रीमतीको र मेरो शारीरिक सम्बन्ध भएको थिएन । त्यसैले जब मैले पहिलो दिन उनलाई बाहिर लगेँ, हामी दुबै बेछाँटका भएका थियौं । हाम्रो छोरोले पछाडिबाट ताली पिट्दै भन्यो, ‘बाबाले आमालाई काखमा लिँदै हुनुहुन्छ ।’ उसका शब्दले मलाई एक किसिमको पिडा भयो । मैले उनलाई काखमा राखेर सुत्ने कोठाबाट बस्ने कोठा र त्यसपछि ढोकासम्म, लगभग दश मीटर हिडेँ । उनले आँखा चिम्लेर बिस्तारै भनिन्, ‘हाम्रो छोडपत्रको कुरा छोरोलाई नसुनाउनोस् है ।’ मैले केही दुःखका साथ टाउको हल्लाउँदै स्वीकारेँ । मैले उनलाई ढोका बाहिर राखेँ । उनले काममा जानको लागि बस पर्खिन गइन् , म एक्लै गाडिमा अफिस गएँ ।
दोस्रो दिन, हामी दुबैले सजिलै अभिनय ग¥यौं । उनी मेरो छातीमा टाँसिइन् । मैले उनको ब्लाउजको सुगन्ध लिन पाएँ । मैले आत्मसात गरेँ कि मैले यो आइमाईलाई धेरै दिनदेखि राम्ररी हेरेको रहेनछु । मैले आत्मसात गरेँ उनमा जवानी त छँदै थिएन । उनको अनुहारमा राम्ररी देखिने मुँजाहरू थिए र उनका रौंहरू फुल्दै थिए । हाम्रो बिबाहको गणना उनीमा पाइन्थ्यो । एक मिनेट त मैले उनलाई के गरेँ भनेर आश्चर्यमा परेँ ।
चौथो दिन, जब मैले उनलाई उठाएँ, मैले एकखालको आत्मियता फर्केको महसुस गरेँ । ‘मलाई आफ्ना दश बर्ष दिने यही आइमाई हो ।’ पाँचौं र छैठौं दिन मैले हाम्रो आत्मियता बढ्दै गरेको आत्मसात गरेँ । मैले यो कुरा जेनलाई भनिन । जब एक महिना बित्दैथियो मैले उनलाई बोक्न सजिलो भएको पाएँ । सायद हरेक दिनको अभ्यासले मलाई बलियो बनाएको होस् ।
एक बिहान उनले लगाउने लुगा रोजिन् । उनले केही कपडा लगाउन खोजिन् तर उनलाई मिल्ने कुनै पाइनन् । त्यसपछि उनले लामो सास फेर्दै भनिन्, ‘मेरा सबै कपडाहरू ठूला भएछन् ।’ अचानक मैले महसुस गरेँ कि उनी त निकै दुब्ली भएकी रहिछन् र पो मलाई बोक्न सजिलो भएको रहेछ । अचानक यसले मलाई च्वास्स घोच्यो । उनले त यती बिघ्न पिडा आफ्नो मुटुमा लुकाएकी रहिछन् । अर्धचेतनामै म बाहिर गएँ र उनको टाउकोमा हात राखेँ ।
त्यसैबेला हाम्रो छोरो आयो र भन्यो, ‘बुवा, आमालाई बाहिर लाने बेला भयो ।’ उसको लागि आमालाई मैले काखमा राखेर बाहिर लगेको देख्नु जीवनको एक महत्वपूर्ण भाग भएको रहेछ । मेरी श्रीमतीले छोरोलाई नजिकै आउन इशारा गरिन् र कसेर अङ्कमाल गरिन् । म भने कतै यो अन्तिम समयमा आफ्नो दृढ निश्चय फेरिन्छ कि भनेर अर्कोतिर फर्केँ । त्यसपछि मैले उनलाई सुत्ने कोठाबाट हिँड्दै बस्ने कोठा हुँदै हलकोठासम्म आफ्नो काखमा लिएँ । उनका हातले मेरो गर्धन सुस्तरी र सामान्य तरिकाले घुमाएर समाइन् । मैले उनको शरीरलाई दह्रो गरी उठाएँ । यो ठ्याक्कै हाम्रो बिबाहको दिनजस्तै थियो । तर उनको असाध्य हलुका तौलले मलाई दुःखी बनायो । अन्तिम दिन, जब मैले उनलाई हातमा उठाएँ, मैले मुश्किलले एक पाइला चाल्न सकेँ । छोरो स्कूल गएको थियो । मैले उनलाई कसेर उठाएँ र भने, ‘मैले हाम्रो जीवनमा आत्मियताको अभाव भएको ख्याल गरिन ।’ म गाडी लिएर अफिस गएँ, कारको ढोका नै बन्द नगरी कारबाट फदालेँ । मलाई डर थियो ढीलो गर्दा मेरो दृढ बिचारमा परिबर्तन आउन सक्थ्यो । म भ¥याङ चढेर माथि गएँ । जेनले ढोका खोली र मैले उसलाई भनें, ‘मलाई माफ गर जेन, मैले कुनै पनि हालतमा सम्बन्ध बिच्छेद गर्न चाहन्न ।’
उसले मलाई हेरी, आश्चर्य मान्दै मेरो निधार छामी । ‘के तिमीलाई ज्यरो आएको छ ?’ उसले भनी । मैले उसको हात टाउकोबाट हटाएँ । ‘जेन, म छोडपत्र गर्दिन । मेरो बैबाहिक जीवन त हामीले हाम्रो जीवनको अन्तरङ्ग पक्षलाई महŒव नदिएको कारणले दिक्क लाग्दो भएको रहेछ, मायाको अभावले होइन । अहिले मैले यो महसुस गरेँ कि मैले बिबाहका दिन उनलाई उठाएर घरलगेदेखि मृत्युले हामीलाई नछुट्ट्याएसम्म मैले उनलाई यसैगरी उठाइरहनु पथ्र्यो ।’ जेन झल्यास्स ब्युँझेझैँ गरी । उसले मलाई चड्याम्म एक झापड लगाई अनि ड्याम्म ढोका बन्दगरी र ड्वाँड्वाँ रुन लागी । म तल झरेँ र गाडी चलाएँ । बाटोमा पर्ने भुईं तलाको एउटा पसलमा मेरी पत्नीको लागि फूलको एक बुकेको अर्डर गरेँ । बिक्रेता केटीले कार्डमा के लेख्ने भनेर सोधी । मैले मुस्काउँदै लेखेँ – मृत्युले हामीलाई नछुट्ट्याएसम्म मैले तिमीलाई हरेक बिहान बाहिर लानेछु ।
त्यो साँझ म हातमा फूल, मुहारमा मुस्कानका साथ घर आएँ । जब म खुट्किला चढेँ, मैले मेरी पत्नीलाई बिस्तरामै मरेकी पाएँ । मेरी पत्नी महिनौंदेखि क्यान्सरसँग लडिरहेकी थिइन् ।
***
अनुवादकको भनाई
(प्रिय पाठक मित्रहरू, अङ्ग्रेजीमा प्राप्त यस कथालाई अनुवाद गरेको हुँ । यसलाई कथाको रूप दिने उद्देश्यले मैले यस पछिको केही अनुवादलाई हटाएको छु र यो कथाको लेखकको नाम समेत मलाई थाहा छैन ।)
प्रतिक्रिया
-
४
-
१०