✍️ दिपक पनेरु

 

मुक्तक – एक

तिमीमाथि मैले आशा लगाएर बसेको छु
मनमा मैले दिपक जलाएर बसेको छु
थाहा छ तिमी पनि मलाई माया गर्छौ भनेर
त्यसैले तिम्लाई दिलमा सजाएर बसेको छु।

मुक्तक – दुई

आँखामा आँसु राखी ओँठमा हाँसो सजाई रहेको छु मैले
मुहारबाट मनको पीडाको रेखा हटाई रहेको छु मैले
तिम्रै सम्झनामा हरदिन अश्रुधारा बग्छ किन किन मेरो
दुर बसेरै तिमीलाई दिएको वाचा निभाई रहेछु मैले।

मुक्तक – तीन

तिम्रो तस्बीर दिलको धड़कनको पास राखेको छु
हृदयमा मखमली कोमल एहसास राखेको छु
जब भेट्छौ तिमी मसित थमाई दिन्छु त्यो उपहार
तिम्रै लागि साँचेर अधरमा मधुमास राखेको छु।

मुक्तक – चार

मारेर आत्मा अधुरो जिन्दगी जिएँ मैले
उसैले बुझेन जसको लागि जहर पिएँ मैले
गरिन कुनै सवाल जवाब बसि रहें मौन
फाटेको मन सिउन छोडी ओठ सिएँ मैले।

मुक्तक – पाँच

तिम्लाई देख्न नपाउँदा यो आँखामा सधैँ मधुमास छ
थाहा छैन तिमी मेरो लागि किन सधैँ यति खास छ
पतझड झैँ लाग्छ मलाई बसन्तको बहार पनि
एकदिन तिम्रो मेरो मिलन हुन्छ भन्ने बिश्वास छ।

प्रतिक्रिया

सम्बन्धित खवर