✍️ माधव खतिवडा

 

गजल – एक

विर्सनै नसकिने संवाद हुनुपर्छ
जिन्दगीमा केही न केही राज हुनुपर्छ

म जस्तै तिमी कहाँ सक्छौँ र व्युझन
व्युझनलाई कसैको याद हुनुपर्छ

मान्छेहरू प्रति त्यसै धारणा नबनाउ
कस्तो मान्छे हो चिन्न विवाद हुनुपर्छ

नदेखिने मान्छे देखिदैछ तिम्रो सामु
त्यति त मिलाई अन्दाज हुनुपर्छ

गजल – दुई

दुनियाँले कुरा गर्नेछ एकदिन
तारा पनि धर्तीमा झर्नेछ एकदिन

म मान्दछु परिस्थिति खराब छ अहिले
तिमीलाई पनि गुलाफ मन पर्नेछ एकदिन

म नआटाएर के भो तिम्रो एल्वमहरूमा
तिम्रै तस्वीरले आँखा तर्नेछ एकदिन

केही गलत गर्नुअघि यत्ति सम्झे पुग्छ
हरकोही दुनियाँमा मर्नेछ एकदिन

प्रतिक्रिया

सम्बन्धित खवर