✍️ भीम परियार भीमु

 

मुक्तक – एक

जित कहिल्यै भएन सधैँ हार भयो जिन्दगी
पछुताउनु पर्ने आफ्नै भार भयो जिन्दगी
सपना त मैले पनि ठुला नै देखेका थिए नि
पुरा कहिल्यै भएन दिक्दार भयो जिन्दगी

मुक्तक – दुई

कहिले भरी कहिले खाली खल्ती हुन सक्छ
बजारमा माया बिक्ने चलन चल्ती हुन सक्छ
तिमी भन्छौ मलाई सधैँ गल्ती मात्र गर्छौ भनेर
म मानव हुँ मबाट पनि त गल्ती हुन सक्छ

मुक्तक – तीन

भरमा परि आश गरी गल्ती गरेछु
मुटुमा तिम्रो बास गरी गल्ती गरेछु
दिलमा राखी छुरा रेट्छौ थाहै थिएन
प्रेममा परी बिस्वास गरी गल्ती गरेछु

मुक्तक – चार

सिधासाधा जनता नै लुटिन्छन् यो देशमा ।
धनि होइनन् गरिब नै कुटिन्छन् यो देशमा ।।
चुनाव आउदा मात्र आवश्यक पर्छ हाम्रो।
बिकास गरौ भन्ने नेता छुट्टिन्छन् यो देशमा।।

मुक्तक – पाँच

कुहिएर झर्ने रुखको पात जस्तो छ जिन्दगी।
ऊज्यालो आएन औसिको रात जस्तो छ जिन्दगी।।
पिडा माथी पिडाहरु थप्पी रहेका छन् अझै पनि।
भएर पनि दुई हात तर नभए जस्तो छ जिन्दगी।।

प्रतिक्रिया

सम्बन्धित खवर