✍️ देव सजल सुनार

मुक्तक – एक

भन्नुहोस् यो कुराको कहिले हल हुन्छ ?
कहिले दुर्गम गाउँमा मान्छे सकुशल हुन्छ ?
लड्दैपड्दै अस्पतालमा पुग्यो भने पनि
न डाक्टर हुन्छन् न त्यहाँ जीवनजल हुन्छ ।

मुक्तक – दुई

खुस्सी बनाउछु सधैं घरलाई भन्ने मात्रै रैछ
जोगाइ राख्छु तिम्रो थरलाई भन्ने मात्रै रैछ
अप्ठ्यारोमै आउदा साथ छोडी जान्छु भन्छन्
साथ दिउला जुनीभरलाई भन्ने मात्रै रैछ

मुक्तक – तीन

रुदैँरुदैँ घरको आँगन, बाध्यताले छोडनु पर्‍यो
परदेश लागेँ समाल्दै मन, बाध्यताले छोडनु पर्‍यो
मलाइ पनि बीचमै पढाई छोडने रहर छ्दै थिएन
दिमाग थियोे थिएन धन, बाध्यताले छोडनु पर्‍यो

मुक्तक – चार

दुर दराज वस्तीका घर घर पठाईदे
बिन्ती छ सरकार छिटै सकभर पठाईदे
सिटामोल नपाएर छट्पटाई रहेका छन्
औषधि पठाईदे, गतिलो डाक्टर पठाईदे

मुक्तक – पाँच

न कालो बजारी हुन्छ, न भष्ट्राचारी हुन्छ
हामीलाई भोट दिनोस सबलाई रोजगारी हुन्छ
जितेपछि महाशय राजधानी मै हराउँछ्न्
चुनाव आउँदा मात्र गाउँमा सवारी हुन्छ

प्रतिक्रिया

सम्बन्धित खवर