✍️ दीपक समीर
गजल – एक
वचन नलाउनु उसलाई रुने खतरा हुन्छ,
लुकिछिपी रक्सीले मन धुने खतरा हुन्छ ।।
धेरै पीडा चोट पटक खेपेको छ, यो मुटु,
राखेको छु जतनमा नराखे कुने खतरा हुन्छ ।
ऊसँग भेटदा, कैँची होइन सियो बन्नुहोस्
बरू च्यात्तिएको मन, न तुने खतरा हुन्छ ।
भन्नेहरूले त भन्छन्, प्रेम अन्धो हुन्छ
बरु अन्धो प्रेम मै, बिहे हुने खतरा हुन्छ ।
कति भेटिन्छन्, चिल्लो घस्नेहरू दोबाटामा
सम्बन्ध बिश्वास हो, कुरा बुने खतरा हुन्छ ।
गजल – दुई
टोपी शिरमा पैतला भिरमा राखेको छु ।
बोकी सपना, मुटु थिरमा राखेको छु ।।
ए ! महोदय, रात पछि दिन आउँछ,
नबुझ्नु जीन्दगी, पीरमा राखेको छु ।
।
न सम्झनु यो मुटु, कुनै दिन ढुङ्गा हो
कसैका लागि, मुटु झिरमा राखेको छु ।
कसैले सोध्यो भने म यत्ति भन्न सक्छु,
मेरो देश र मेरी आमा शिरमा राखेको छु ।
मलाई जिन्दगीसँग कुनै गुनासो छैन,
ननिभोस् दीप ‘समीर’मा राखेको छु ।
प्रतिक्रिया
-
४