✍️ हेमन्त शिशिर

म बसिरहेको छुँ उहीँ थोत्रो प्रेमको
प्रतीक्षालयमा
प्रतीक्षालय अगाडि–पछाडिबाट
आयत–निर्यात हुन्छन् मुस्कानका
पुराना रंगहरू
केही गाढा रङ्गहरू
केही फिक्का रङ्गहरू ।

म त्यहीँ बूढो प्रतीक्षालयमा बसेर
फुटेका ढुङ्गाहरू जोड्दै
बनाउँछु – भत्काउँछुँ
प्रेमका घरहरू
तिम्रो ओबाट निभिसकेका
कोइलाहरू निकल्दैँ
रातको छातिमा ओछ्याएर
पढ्छुँ
पुराना प्रेमपत्रहरू ।

छातिनेर छाम्छुँ
उस्तै हुन्छ तिमीले वर्षौ पहिले
बेखवर लथालिङ्ग छाडेर गएको
प्रेमको घर
तिमीले छाडेपछि घर
क्षतिपूर्तिमा मेरो भागमा परेको थियो यहीँ बूढो प्रेमको प्रतीक्षालय
जहाँ बसेर म बाँच्न बाँकी आयुको हिसाब गरिरहेको छुँ ।

प्रतिक्रिया

सम्बन्धित खवर