
✍️ आर एस विद्रोही
गजल – एक
एउटा सम्भावना प्रचुर भेटियो
कायरहरू बीच बहादुर भेटियो
लामो जिन्दगी तिर्थाटनमा बिते पनि
न मन्दिर भेटियो न गजुर भेटियो
ईन्द्रको राज्यमा खतरा बढेको छ
स्वर्ग जादै गरेको सुँगुर भेटियो
बुद्धले शान्तिदुत पठाएका थिए
उहि युद्धको निमित्त आतुर भेटियो
सिँह शाकाहारी बन्छु भन्दै गर्दा खेरि
बीच बाटोमा एउटा कुकुर भेटियो
अब त घरजम गर्यो होला सोचेको
फेरि उही हालतमा बिदुर भेटियो
गजल – दुई
मेरा आफ्नाहरूले नै नाटक देखाउँछन
माया जोख्न तराजु र ढक देखाउँछन
जसरी बीचमा अबरोध खडा गर्छन
उसैगरी अवस्था सजक देखाउँछन
बेहोस हुनेगरी मनमा पिडा दिन्छन्
अनि अन्तर्घात अचानक देखाउँछन।
जसलाई मन्दिर पुर्याएँ, उनीहरूनै
किन मेरो दुनिया सडक देखाउँछन?
सधै शोषण गर्न बानी परेकाहरू
यहाँ अधिकार अनि हक देखाउँछन्
***
प्रतिक्रिया
-
४