✍️ इन्द्र के.सी.

मुक्तक – एक 

मान्छे पिर बोकेर कहिले सम्म बाँच्ने ?
मन मा शब्द तिर कहिले सम्म साँच्ने !
अरुलाइ भन्न र सिकाउन सजिलो छ यार ? साँच्चै
मन सामाजिक सञ्जालको स्टिकर कहिलेसम्म साँटने !

मुक्तक – दुई

भगवानमा कृष्ण हरि राम भेटिए !
आजभोलि भगवान नि बेकाम भेटिए !
पहिले र अहिले चलन फरक यति हजुर !
देवाताको लिला, मानवले गरे बदनाम भेटिए

मुक्तक – तीन

यो बादल ले के खबर ल्याएर आउछ
मनमा भने यादको बजार ल्याएर आउछ
कति सजिलो भछेउ अर्को भेटाउछौ म जस्तै
यो मङ्सिर खाली तिम्रो नजर ल्याएर आउछ !

मुक्तक – चार

हात छ खुट्टा छ सिङ्गो जिन्दगी छ अपुग म जस्तो लाग्छ ?
न अघि बढियो न पछि परियो बिच भाग म जस्तो लाग्छ !
आफ्नो निर्णय आफैँ गर्न न सक्ने दोष समाजलाई दिने ?
बुवाआमा आफन्त केही गर्देन भन्दै दाग लाउने म जस्तो लाग्छ !

मुक्तक – पाँच

म तिमी लाई सबथोक जस्तो लाग्यो
मान्छे को जमघट हुने चोक जस्तो लाग्यो
न पाउँदासम्म के के यो माया प्रेममा ?
म अभिभावक तिमी बालक जस्तो लाग्यो !

प्रतिक्रिया

सम्बन्धित खवर