✍️ दिनेशराज पुरी

मुटुमा राखेँ, आँखाको मान्छे, बसेको ठावैँ, खनेर गयौ
बिर्सिदेऊ भन्दा, सक्दिन भन्थ्यौ, आफैँले बिर्स, भनेर गयौ

सँगसँगै हिन्छु, सँधै साथ दिन्छु, भन्यौ यो मनले, तिम्लाई वास् दियो
मलाई के थाहा, त्यो तिम्रो चाहा, अर्को घर तयार, नहुन्जेल थियो
निस्वार्थ मनले कसैलाई माया दिनू पाप हैन यही बुझिरहेँ
आँखाको नानी, जिन्दगी ठानी, म सँधै तिम्रो पाउ पुजिरहेँ
फूल भै तिमी मुटुमा पस्यौ, निस्किँदा काँडा बनेर गयौ
बिर्सिदेऊ भन्दा, सक्दिन भन्थ्यौ, आफैँले बिर्स भनेर गयौ

दुखाउने बानी परेको आत्मा दुखेर आफू नरुँदो रैछ
सोचेझैँ माया, देखेझैँ माया, छोएझैँ माया नहुँदो रैछ
दस ओटा मुटु थिएन आफ्नो,दसतिर साट्दै हिन्न सकिन
दुनियाँ देखेँ, दुनियाँ चिनेँ, तिमीलाई कहिल्यै चिन्न सकिन
माया हो सबथोक सिकाउँथ्यौ आफैँ पैसाको बिटो गनेर गयौ
बिर्सिदेऊ भन्दा सक्दिन भन्थ्यौ, आफैँले बिर्स भनेर गयौ

प्रतिक्रिया

सम्बन्धित खवर