✍️ युगज्योति क्रियाशिल

 

मुक्तक – एक

जिउँदो लास हुँ म, आउ जलाएर जाउ
एक थुङ्गा फूल तिमी पनि चढाएर जाउ
दुख्दा दुख्दै नि मुस्कुराउँदैछ किन अझै
आउ यो मुटुमा तिमी छुरा चलाएर जाउ

मुक्तक – दुई

अद्भुत यो तिम्रो प्रभाव किन ?
यति धेरै तिमीसँग लगाव किन ?
लाग्छ पहिलो जुनीको नाता हो
तिम्रो याद मनको दबाब किन ?

मुक्तक – तीन

उम् आँखामा उदासी देख्न नसक्नु पनि त प्रेम हो
मनको भाव पानामा लेख्न नसक्नु पनि त प्रेम हो
कसले भन्या हुम् ? मिलन प्राप्ती मात्र प्रेम हो,
अनि यादका वेगलाई छेक्न नसक्नु पनि त प्रेम हो

मुक्तक – चार

हो सायद माया गर्न नजानेको मान्छे म
उम्, तिमीले आफ्नो नमानेको मान्छे म
लेखेको थिएन सायद तिम्रो माया पाउन
उफ्, बिर्सिएँ भाग्यले नै हानेको मान्छे म

मुक्तक – पाँच

ऐय्या ! मुटु नै दुख्ने बात नबोल न
त्यो मुस्कानमा नि जहर नघोल न
एक पल जिउने चाहना छ रमाएर
देहको पर्वाह छैन आत्मा नपोल न

प्रतिक्रिया

सम्बन्धित खवर