✍️ सञ्जीव राई

यात्रारत थियौँ
फूल र म

बिसौनीमा एउटा बेसी थियो
जहाँ, पहाड मेरो यति सम्मुख थियो
कि उसले फेरेको प्रत्येक श्वास
मेरो श्वाससँग घोलिन्थ्यो
धैर्यताको बाँध टुट्न थालेपछि आतुरीमा मैले
ग्वार्लम्म अँगालो हाले उसलाई
र सम्पूर्ण बेसीको आँखा छोपिदिएँ

यात्रारत थियौँ फूल र म
फूलसँग सौन्दर्य थियो
मसँग अनुभूती
फूलसँग असिमित आकर्षण थियो
मसित असँख्य आकाँक्षाहरू
फूलसित परेलीका पर्दाहरु थिए
मसँग उदाङ्गिएका सरमहरू
फूलसँग तर,
काँडा पनि थियो
मसँग रगताम्य रहरहरू…..

फूल फुलिरह्यो
तप्किरह्यो रहरका रगताम्य थोपाहरू
फुलको पत्रपत्रमा ।

प्रतिक्रिया

सम्बन्धित खवर