✍️ बिपिन तिवारी

बाटो र गन्तव्य
मोड्ये ता पनि
थप कुरा
सिंगताम माघे मेलामा
भेटेरै भनौँला ।।

अहिले घडी
छनक सनकमा जिउँदै गर्नु है ।।

म पनि
आँसु पिउँदै भन्ने कुराहरू
सोच्दै साँच्दै गर्छु ।।

जसरी
काकाकुले तिर्खालाई भन्छ ।।

मानेको पातले
उसको आङ्गमा बसेको
थोपा थोपा पानीलाई भन्छ ।।

खडेरीले
रूखो जमिनमा भन्छ
र रोप्छ
आफ्नु सुख्खा नाम ।।

अनिकालले
अन्नको रित्तो पेरुङ्गोमा दिन्छ
रिक्त हुनुको फोस्रो आवाज ।।

त्यसरी नै म पनि
दिने छु
तिमीलाई ।।

मेरो बेसुरा आवाजको
निर्निमेष प्रस्ताव
सिंगताम माघे मेलामा ।।

आउँनु है तिमी
सिंगताम माघे मेलामा
मेरो बेसुरा आवाजको
निर्निमेष प्रस्ताव सुन्नु ।।

प्रतिक्रिया

सम्बन्धित खवर