✍️ जीवन आरोही

गजल – एक

पहाडमा छ मेरो झुपडी, घर जस्तो ।
तिमीले त सोच्यौ होला सहर जस्तो ।

तृष्णा नमाग, मँ केवल किनारा हुँ
जो, आफैँ तिर्खामा छु बगर जस्तो ।

त्यो धारिलो ढुङ्गा रहेछ चोट लगायो
हेर्दा त कहिल्यै लागेन पत्थर जस्तो ।

चढ्न त चढिन्छ एक्लै पनि शिखर
हुदैँन कसैको साथमा, सफर जस्तो ।

अरे भट्टीमा गिलास रित्तिन्छ जब
जो हेर्यो देख्छु तिम्रै अधर जस्तो ।

नहाँस लडेको छु मँ, उठ्न बाकी छ
लागेको छ थोरै चोट ठक्कर जस्तो ।

गजल – दुई

मँ चुपचाप भएर बसेको छु घर भित्र !
भर्खर भुईचालो आएको छ सहर भित्र ।

म सदावहार आफैलाई प्रेम गर्ने मान्छे
अरे ऐना जोगिदैन रहेछ पत्थर भित्र ।

दुनिया बिर्सन्छ ‘जीवन’ले आफू बिर्सन्छ
मात्र पाईन्जेल तिम्रो साथ सफर भित्र ।

लाग्छ, यो सहर मेरो हो, तिमी मेरी हौ !
भट्टीमा रहिन्जेल सरावको असर भित्र ।

 

प्रतिक्रिया

सम्बन्धित खवर