✍️ भूमीराज पौडेल

जिन्दगी ताजा बनाउने नै माया हो : प्रसिद्ध कलाकार पाप्बो पिकासो

अप्ठ्यारो बिन्दुमा उभिएको छु। जे गर्न पनि गाह्रो। बाच्न पनि गाह्रो हुने अनि मर्न पनि नसकिने। कस्तो कठोर समय है भित्रभित्रै पिडाको पोखरीमा डुबुल्की खेलेर मरिरहुँ झैँ लाग्ने। कता कता आगो बलिरहेजस्तो रापिलो जिन्दगी। अनि माया बिना जिन्दगी जिबितै रहन नसक्ने, जति टाढा भए पनि आत्मभित्र बसेको जिन्दगीको अर्थ बुझ्न भित्रभित्रको गुञ्जनमा अनेक आवाजहरूका आवाजहरूसँग साक्षत्कार हुनुपर्ने रहेछ।

सत्य स्वरको वकालत त आफ्नै जिन्दगीमा पो हुदो रहेछ। कोही भन्छन् दुःख र सुखको अनुभुती नै जिन्दगी हो, कोही भन्छन् रातको आरम र दिनको ब्यस्तता नै जिन्दगी हो। तर, जिन्दगी भनेको त हिड्नु र हिडिरहनु नै रहेछ। गन्तव्य प्राप्तिको पाइला नै जिन्दगी रहेछ। हजार पाइला लाखौ अनुभुती भनेजस्तो !

आफ्नोपनले नै मान्छेको जीवनलाई दिब्य बनाइदिने रहेछ अनि आफ्नोपनमा पनि अझ आवश्यक त प्रेम प्रेम नभै त कोहि पनि बाच्न नै नसक्ने है !! आकासलाई नियालौँ न जुनको पनि चन्द्रमासँग प्रेम बस्दो रैछ क्या।

तर, फेरि चन्द्रमा भित्र कालो धब्बा देखिन्छ चन्द्रमालाई पनि आफ्नै दुःख परेर होला नत्र कस्ले चन्द्रमाको त्यो सुन्दरतामा कालो धब्बा लगाइदियो त ? फेरि दुःख नभएको भए त सुखको अनुभुती पनि नहुन सक्थ्यो। जिन्दगी बुझ्न पनि कति कठोर हुँदो रहेछ है ।

बिगतका सम्झनाले हामीलाई आफ्नो जिन्दगीको मीठो अनुभुती दिइरहन्छ। त्यसैले जिन्दगी भनेको थाहा पाउनु हो, जान्ने क्षमता जिज्ञासा र जित नै रित्तो जिन्दगी रैछ । आफ्नो जिन्दगीलाई बुझ्न आफैभित्र पसेर खोताल्दै खासखुस संवाद गर्नु जिन्दगी बुझ्ने गज्जब को तरिका रहेछ। यसले नै खोक्रो जिन्दगीलाई जीवन्त बनाउन अभिप्रेरित गर्दछ। एकपटक बुद्धको बाणी सम्झनुहोस् “संसारमा दुःख छ, दुःखको कारण छ ।”

प्रायः मानिसहरूको जीवन जिउन नजाने पनि रमाइलो पक्कै छ। मेरो जीवन रमाइलो मान्नेहरू पनि छन् बाटो हिड्दा हेल्लो हाइ भन्नेको कमि छैन सहरका ठूलाठूला नेता व्यापारीसँग सम्बन्ध नहोला तर अहिलेका मेरा साथी पछि गएर ठूलाठूला नेता अनि व्यापारी अवश्य बन्ने छन् जिन्दगी जसरी जिउन खोज्यो त्यसरी नै जिउन सकिन्छ यो जीवनको नियम नै हो ।

जिन्दगी जिउनका लागि मात्र हैन। जिन्दगी जिवन्त जिउन सक्नु ठूलो कुरा हो अनेकौँ पिडादायी क्षण, दुखाइको चोट र तनावलाई खुसीका पाइलाले कुल्चेर हिड्न सक्नु जिन्दगीको खास पल हो यसबाट हामीले खास खुसीहरू चुम्न सक्छौ। ती खुसी भेट्न सजिलो छैन लक्ष्यमा पुग्न र खुसी पाउन त्याग गर्न सक्नुपर्छ। जिन्दगीको लक्ष्य असीमित छ नि !

एक पटक बिगत सम्झन्छु । आँखा चिम्लिए, गाउँघर छोडदाको समय सम्झिए घाँस दाउरा गर्दै गर्दा एसएलसीको रिजल्ट आएको सम्झिए। बर्खा मासको समयमा मेलापातबाट राती घर फर्कने बेला सदरमुकाम गएका दाइले म पास भएको खबर लिएर आउदा कति खुसी भए सायद हाम्रो परिवारबाट दोश्रो एसएलसी दिने व्यक्ति म नै थिए। बर्खा मासको झरी बर्से जसरी बा आमाले आफ्नो आँखाबाट हर्षका आसु बर्साए ।

एसएलसी पास भएपछि परिवारमा मप्रतिको आशा अनि ममा घर परिवारको जिम्मेवारी दिनहुँ बढ्दै गएको थियो। बिहान बेलुका खान लाउन धौधौ हुने। बिहानदेखि बेलुकासम्म हातका नङ्ग्रा खियाएर रातको छाक टार्नुपर्ने समय। धन्न बाले आफूले पढ्न नपाएको ओइडा सम्झेर मलाइ पढाएका रे !

मेरो अनि बाआमाको सपनाको संसार काठमाडौँ। म सानो हुँदा मेरा बा एक पटक काठमाडौँ जानुभएको रे अनि विद्यालय पढ्ने चाहना ओइलायो भन्नुहुन्छ। मलाइ ऋण धन गरेर भए पनि काठमाडौँ पढ्ने खर्च जोहो गरिदिनुभयो बाले। हातमा पैसा थमाउदै बाले भन्नुभयो “तँ प्रति मेरो ठूलो आशा छ। जिम्मेवारीको अभिभापम बनेस् है ।” यत्तिकैमा बाका आँखा रसाए बर्खाको भेल जसरी।

१७/१८ बर्षको अल्लारे उमेर लिएर जिन्दगीको असन्तोष, असमानता र अन्धकारलाई पैतालाले लात हानेर सफलता र समुन्नत जिन्दगीको यात्राको लागि काठमाडौँ हाँकिएँ।

निरासबिरुद्धको मीठो आश अनि सकारात्मक शक्ति सोच लिएर अगाडि बढिरहे। हुन त बसे जहाँको त्यहीँ रहिन्छ अनि हिडेँ नयाँ गन्तव्यमा पुगिन्छ। नयाँ काम नयाँ ठाउँ नया बिचार आफैँमा एक अनुपम उपलब्धि नै त हो !!

जिन्दगीको सपना नदेख्ने मानिस प्रायः कम नै हुन्छन्। सपनाको घर प्रत्येक मानिसको मनमा हुन्छ मेरो आँखामा पनि । अनेकौँ सपना छन् मेरो चाहना बस् यति मात्र मेरो सपना अनि बा आमाको सपना पूरा गर्नु मात्र ।

यस्तो सुन्दा कसैलाई पत्यार नलाग्न सक्छ । यो बाबुआमालाई आवश्यकता हैन यो त मेरो जिम्मेवारी हो। मेरो जिन्दगीका पनि कयौ सपनाहरू अनायासै चकनाचुर भएका छन् । फेरि जीवनको असन्तुष्टिले नै सन्तुष्टिको सिढी चढाउन सहयोग गर्ने हो।अनावश्यक चाहना र तनाब लिएर जीवन बिताउनु ठिक होइन जस्तो लाग्छ।

जीवन के हो ? कस्तो छ ? अनि कसरी बिताउने ? यो सबै आफ्नो हातमा हुन्छ । बस आफुसँग आत्मविश्वास हुनुपर्यो । कहिलेकाही भाग्य र भरोसामा पनि विश्वास गर्नुपर्यो । जीवन जिउने अनेकौ बाटोहरू छन् भनेर बाटो देखेर मात्र पनि भएन, त्यहाँ पुग्ने हिक्मत चाहिन्छ, हिड्ने आँट चाहिन्छ, फूल मात्र हैन काँडा माथि पनि हिड्न सक्नुपर्छ अनि बल्ल लक्ष्य मा पुग्न सकिन्छ ।

जिन्दगी त अथाह यात्रा हो । कहाँ पुगेर टुंगिन्छ थाहा नै हुँदैन । मेरो जस्तो जिन्दगी तपाईंको नहुन सक्छ । कसैको जीवनको यात्रा लामो कसैको छिटो हुन सक्छ।मेरो बाहिरी आँखा ले सोचेको जिन्दगी र भित्री मनले सोचेको जिन्दगी कति फरक छ कति।यस्तै सत्यता का कारण जिन्दगी टाढा जाने रहेछ,अनि टाढा जाँदै गर्दा रित्तो हुने रहेछ। मेरो मात्र हैन हामी सबैको जिन्दगी यस्तै हो आफ्नो आसा अनि परिवार को आसा को त्यान्द्रो मा तानिदै अगाडि बढिरहेको हुन्छ। जिन्दगी भन्नू त बास्तब मा आसा को मिठो सपना जस्तै रहेछ तेहि आसा त्यही बिस्वास र आस्था ले नै त जीवन र संसार चलिरहेको हुन्छ ।

पहाडी क्षितिजका रङहरु जस्तै धमिलिदै गैरहेका बा आमाका सपनाहरु अन्यायसै नजिकै को मनोरम प्रकृति झै सपनामा झस्काउन आउदा हर्ष र बिस्मातले मन रमाउन पुग्दो रहेछ बाबुआमा तपाइलाइ मेरो यो एक्लो जिन्दगीमा सम्मान गर्ने कुनै शब्द नै छैन फेरि भावना अनुभूति रैनछ नभन्नु । म सग पनि अलिकती संबेदनसिलता छ। पीडालाई सहेर घामपानीमा रुझेर पनि मीठो मुस्कान दिएर तपाईंको ओठमा खुसिको त्यान्द्रो छाइदिने छु कति धेरै आसा भरोसा सपना बोकेर फक्रिन लागेको एउटा रंगमय आभास हुँ। आफ्नो सपनादेखि रित्तो जिन्दगीमा तेसै हार खान कहाँ सक्छु र ?

त्यसैले त हरेकको जिन्दगीमा आशाको धिपधिपे बलिरहेको हुन्छ । आफ्नै विश्वास र आशा अनि आस्था हुन्छ । त्यसलाई कसैले रोएर देखाउँछन् । कसैले बाहिर हाँसेर त्यसलाई आफूभित्रै लुकाउँछन् । कसैले लेखेर प्रकाशित गर्छन् । कसैले बोलेर देखाउँछन् । कसैले मायाको मीठो सपनाहरू लेखेर पठाउँछन् । कसैले त्यसलाई साँचेर आफूसँगै गुम्स्याएर राख्छन् । यद्यपि त्यसको वास्ता नगर्ने मनहरूले त्यसलाई हल्का रूपमा लिएर हावामा पनि उडाइदिन्छन् ।

जिन्दगीमा कयौ मानिस सग सम्बन्धहरू जोडिन्छन् मात्र कहिल्यै टुक्रिदैनन्। सच्चा यादहरू सदा अमर रहिरहन्छन् तर कहिल्यै भुलिँदैनन् । खुशीको पललाई सदुपयोग गर्न सकियो भने जिन्दगी मुस्कानमय बनेर अरूलाई पनि खुशियालीको पवित्र प्रेम बाँड्न सफल रहन सक्दछ । खुशी र आनन्दको क्षणमा समय बितेको पत्तै हुँदैन तर दुःखको बेला समय पट्यारलाग्दो हुन्छ । त्यसैले खुशीको पललाई सदुपयोग गर्न सकियो भने जिन्दगी मुस्कानमय बनेर अरूलाई पनि खुशियालीको पवित्र प्रेम बाँड्न सफल रहन सक्दछ ।

जिन्दगी छ र मृगतृष्णा छ । संसारमा पानी छ र हामीलाई प्यास लाग्छ । पानी नै नहुँदा आत्मा प्यासी हुँदैन थियो होला । केही छ र हामीमा अनेक मृगतृष्णा जागृत हुन्छ ।

मगमगाउँदो सुवास जिन्दगीको । बारीका पाटा, आली, कान्ला र भित्ताहरूमा समेत पहेंलपुर फुलेका मुस्कानको मिठास पस्किँदै क्रमशः यी हरियाली छवि, यी पहेंलपुर सयपत्री अनि हर्ष, उमङ्गको दिव्य आलोक बनेर रित्तो जीवन आल्हादित बनाउन उत्सुक भइरहेको रैछु रित्तो जिन्दगी बोकेर !

प्रतिक्रिया

सम्बन्धित खवर